Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा सातदोबाटो युथ क्लबद्धारा त्रिभुवन आर्मी क्लब पराजित


२०, जेठ २०८०
  • 135
    SHARES
  • सहिद स्मारक ए डिभिजन लिग फुटबलमा सातदोबाटो युथ क्लबद्धारा  त्रिभुवन आर्मी क्लब पराजित

    काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा सातदोबाटो युथ क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ । शनिबार च्यासल मैदानमा भएको खेलमा सातदोबाटोले आर्मीलाई २–१ गोल अन्तरले पराजित गरेको हो । खेलको दोस्रो मिनेटमा शिव सुवेदीले गोल गर्दै सातदोबाटोलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको २९ औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै आर्मीलाई १–१ गोलको बराबरीमा ल्याएका थिए । त्यसपछि खेलको ६३ औं मिनेटमा दिपेन्कले पेनाल्टी मार्फत गोल गर्दै सातदोबाटोलाई २–१ को जित दिलाए । जितसँगै सातदोबाटोले २४ खेलमा ३२ अंक जोडेको छ । समान खेल खेलेको आमीको ३० अंक रहेको छ ।

    त्यस्तै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा थ्री स्टार र एपीएफ क्लबले १–१ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।  थ्री स्टारका लागि सुनिल तामाङ र एपीएफका मणि कुमार लामाले एक एक गोल गरे । खेलको २३ औं मिनेटमा मणिले गोल गर्दै एपीएफलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ८६ औं मिनेटमा सब्सिच्युड खेलाडी सुनिलले गोल गर्दै थ्री स्टारलाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।

    यस बराबरीसँगै थ्री स्टारले २४ खेलमा २८ अंक जोडेको छ  । एपीएफले पनि २४ खेलमा ३० अंक जोडेको छ ।

  • कोहली र गिलको शतकमा भारतको शानदार जित, वेस्ट इन्डिज ८ विकेटले पराजित

    काठमाडौं । विराट कोहली र कप्तान शुभमन गिलले शतकीय पारी खेलेपछि भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो

  • एसियन गेम्समा नेपालले खोल्यो पदकको खाता, करातेका तेन्जिङ शेर्पालाई कास्य

    काठमाडौं । जापानमा जारी २०औँ एसियन गेम्समा नेपालले पहिलो पदक जितेको छ। बुधबार टोयाहाशी जिम्नेसियममा

  • एनपीएलको तेस्रो संस्करणको खेलतालिका सार्वजनिक, उद्घाटनमै साविक विजेता र उपविजेता भिड्दै

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को खेलतालिका सार्वजनिक

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend