Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

लाखौँ रकम हिनामिना आरोपमा तीन जना कर्मचारी पक्राउ


१८, पुस २०८०
  • 154
    SHARES
  • लाखौँ रकम हिनामिना आरोपमा तीन जना कर्मचारी पक्राउ

    काठमाडौँ । नोबेल अस्पतालको २० लाख रुपैयाँ हिनामिना गरेको आरोपमा तीन जना कर्मचारी पक्राउ परेका छन् । अस्पतालको काउन्टरमा सङ्कलन हुनुपर्ने रकममध्ये करिब २० लाख रुपैयाँ हिनामिना गरेको आरोपमा तीन जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको हो ।

    साताअघि रकम हिनामिना भएको पाइएपछि अस्पताल प्रशासनले प्रहरीमा उजुरी दिएको थियो । उजुरीको आधारमा प्रहरीले तीन जनालाई पक्राउ गरेको जनाएको छ ।

    मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालका अनुसार पक्राउ पर्नेमा काउन्टरमा क्यासियरका रूपमा कार्यरत विराटनगर–१ का ४२ वर्षीय सूर्यप्रकाश बराल, विराटनगर–४ का ३० वर्षीय करणदेव विश्वास र सुनसरीको दुहबी–१२ का २९ वर्षीय राजेशकुमार फौदार छन् ।

    अस्पतालको काउन्टरमा सेवाग्राहीबाट विभिन्न कामका लागि भुक्तानी भएको रकम हिनामिना गरेको आरोप उनीहरूमाथि लगाइएको छ ।

    प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार पक्राउ परेकाहरूले बिरामीबाट काउन्टरमा सङ्कलित रकम हिनामिना गरेको पाइएको छ ।त्यसरी सङ्कलित रकममध्ये केही अंश अस्पतालको खातामा जम्मा गर्ने र अरु रकम आफूहरूले हिनामिना गरेको पाइएको जनाइएको छ ।

  • एसपीलाई धम्क्याउने नेता अशोक यादव पक्राउ

    काठमाडौं । नेकपाका नेता अशोक यादव पक्राउ परेका छन् । मधेश प्रदेशका डीआईजी ओम अधिकारीले यादवलाई

  • सोलुखुम्बुमा हजुरबुबाको ह-त्या गरेको आरोपमा नाति प्रहरीकाे नियन्त्रणमा

    काठमाडौं ।प्रहरीले आफ्नै हजुरबुबाको हत्या गरेको आरोपमा २३ वर्षीय नातिलाई पक्राउ गरेको छ । सोलुखुम्बुमा ५०

  • प्रहरीमाथि अभद्र व्यवहारको आरोपमा युवक पक्राउ

    काठमाडौं - ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend