Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

गाँजा मिसाएर केक बिक्री गर्ने गरेको खुलासा, एक जना पक्राउ


२२, पुस २०८०
  • 185
    SHARES
  • गाँजा मिसाएर केक बिक्री गर्ने गरेको खुलासा, एक जना पक्राउ

    काठमाडौँ । प्रहरीले लागूऔषध गाँजा मिसाई केक तयारी गरि अनलाईनमार्फत बिक्रि गर्ने एकजनालाई पक्राउ गरेको छ ।

    प्रहरीले लागु औषध नियन्त्रण व्युरोले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै इन्स्टाग्राममा एकाउन्ट बनाई अवैध लागू औषध प्रयोग गरि मफिन लगाएत केक बनाई अनलाईनमार्फत बिक्रि गरेको अभियोगमा काठमाडौं घट्टेकुलो बस्ने बर्ष २६ को विशन मानन्धरलाई पक्राउ गरेको जनाएको हो ।

    विशनले बिगत १ बर्षदेखि आफ्नै घरमा गाँजा मिसावट गरिएका केकका बिभिन्न प्रकारहरु बनाई अनलाईन डेलिभिरी मार्फत अवैध कारोवार सञ्चालन गरेको खुलेको व्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द थपलियाले जानकारी दिनुभयो । उक्त केक प्रयोगकर्ता बिशेषगरि होष्टलमा बसेका युवाहरु रहेको देखिएको उहाले बताउनुभयो । 

    विशनको घरकोठामा खानतलासी गर्दा गाँजाको धुलो १२१ ग्राम, तयारी अवस्थाको केकको झोल १७८ ग्राम, लागुऔषध गाँजा ३ केजी ७५४ ग्राम, सेतो रङको डिजिटल तराजु १, इलेक्ट्रिक ओभन १, ग्लोबल आईएमई बैंकको एटीएम कार्ड , अर्डरको सामान डेलिभरी गर्ने नीलो र रातो रङका हाते झोला लगाएत बरामद गरिएको व्युरोले जनाएको छ । 

  • एसपीलाई धम्क्याउने नेता अशोक यादव पक्राउ

    काठमाडौं । नेकपाका नेता अशोक यादव पक्राउ परेका छन् । मधेश प्रदेशका डीआईजी ओम अधिकारीले यादवलाई

  • सोलुखुम्बुमा हजुरबुबाको ह-त्या गरेको आरोपमा नाति प्रहरीकाे नियन्त्रणमा

    काठमाडौं ।प्रहरीले आफ्नै हजुरबुबाको हत्या गरेको आरोपमा २३ वर्षीय नातिलाई पक्राउ गरेको छ । सोलुखुम्बुमा ५०

  • प्रहरीमाथि अभद्र व्यवहारको आरोपमा युवक पक्राउ

    काठमाडौं - ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend