Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

गाजामा हरेक एक घण्टामा दुई आमाको मृत्यु


७, माघ २०८०
  • 184
    SHARES
  • गाजामा हरेक एक घण्टामा दुई आमाको मृत्यु

    संयुक्त राष्ट्रसङघ । गाजामा हरेक दुई घण्टामा एक जना आमाको ज्यान जाने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । एक सय दिनभन्दा बढी समयदेखि युद्ध चलिरहेको गाजामा इजरायली फौजको आक्रमणबाट दुई घण्टामा औसतमा एक जना आमाको ज्यान जाने गरेको पाइएको संयुक्त राष्ट्रसङ्घीय निकाय यूएन विमेनले जनाएको छ ।

    गाजा सङ्कटले महिला तथा बालबालिकाको जीवन र मानवीय आवश्यकतामा विनाशकारी असर पुर्याइरहेको प्रतिवेदनमा उल्लेख छ । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा कम्तीमा २५ हजार मानिसको ज्यान गएको छ ।

    ज्यान गुमाउनेमध्ये झण्डै ७० प्रतिशत महिला र बालबालिका रहेका अनुमान गरिएको पनि संयुक्त राष्ट्रसङ्घले जनाएको छ । ८५ प्रतिशत जनसंख्या विस्थापित भएको गाजामा २२ लाख जनसंख्या मध्ये सबैजसो असुरक्षा र खाद्य सङ्कटमा रहेका छन् ।

    संयुक्त राष्ट्रसंघले मानवीय अवस्था दयनीय बनेको भन्दै युद्ध रोक्न अपिल गरेको छ । अक्टोबर ७ मा इस्लामिक विद्रोही समूह हमासले आक्रमण गरेपछि इजरायलले गाजामा आक्रमण गर्दै आएको छ ।   

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend