काठमाडौं । काठमाडौंबाट एक जना नक्कली डाक्टर पक्राउ परेका छन् । प्रहरीले काठमाडौंबाट नक्कली डाक्टर सम्बुद्ध भट्टाचार्यलाई नियन्त्रणमा लिएको हो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले धौलागिरि पोलिक्लिनिक सञ्चालन गर्दै आएका भट्टाचार्यलाई नियन्त्रणमा लिएको हो । उनले नक्कली शैक्षिक प्रमाणपत्र बनाएर विभिन्न क्लिनिकहरूमा काम गर्ने गरेको खुलेको छ । प्रहरीका अनुसार टिचिङ अस्पतालमा समेत काम गरेको पाइएको छ ।