Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

जापानमा मृत्युदण्डको पक्षमा कडा समर्थन


११, माघ २०८०
  • 169
    SHARES
  • जापानमा मृत्युदण्डको पक्षमा कडा समर्थन

    टोकियो । जापानमा मृत्युदण्डको कडा जनसमर्थन रहेको छ । मृत्युदण्डलाई गोप्य र ‘क्रूर’ तरिकाले गरिने गरिएको भन्दै यस विधिको भने चर्को आलोचना गर्ने गरिएको छ । जापानमा मृत्युदण्ड दिँदा अहिलेपछि झुण्डाएर दिने विधिलाई नै अपनाइने गरिएको छ । 

    सन् २०१९ मा क्योटोको एनिमे स्टुडियोमा ३६ जनाको ज्यान जाने गरी भएको आगजनीको अभियोगमा शिन्जी आओबालाई मृत्युदण्डको सजाय सुनाइएको छ । सात औद्योगिक अर्थतन्त्रहरू भएका मुलुकको समूह (जी–७) का दुई सदस्य जापान र संयुक्त राज्य अमेरिकाले मात्र मृत्युदण्डलाई कायम राखेका छन् ।

    जापानमा सन् २०१९ को एक सरकारी सर्वेक्षणले ८० प्रतिशत मानिसहरूले मृत्युदण्डलाई ‘अपरिहार्य’ बताएको उल्लेख छ । एक हजार ५०० भन्दा बढी सहभागी रहेको उक्त सर्वेक्षणमा नौ प्रतिशतले मात्र यसलाई खारेज गर्नुपर्ने पक्षमा थिए ।

    मृत्युदण्डको समर्थन गर्नेमध्ये करिब ५७ प्रतिशतले मृत्युदण्ड खारेज गरिए पीडित परिवारले ‘कहिल्यै पनि राहत महसुस नगर्ने’ बताएका छन् । न्याय मन्त्रालयले एएफपीलाई दिएको जानकारीअनुसार डिसेम्बरसम्म १०७ जना कैदीले आफ्नो मृत्युदण्डको सजाय कार्यान्वयनको पर्खाइमा थिए । 

    आओबाले क्योटो जिल्ला अदालतले दिएको सजायविरुद्ध अपिल गर्न सक्छन् तर कानुनले अन्तिम फैसला भएको छ महिनाभित्र मृत्युदण्ड दिइसक्नुपर्ने व्यवस्था गरेको छ । तथापि, वास्तवमा, अधिकांश कैँदीहरूलाई कहिलेकाहीँ दशकौंसम्म पनि एकान्तवासमा राख्ने प्रचलन पनि रहेको छ । 

    झण्डै डेढ शताब्दीदेखि जापानको एकमात्र मृत्युदण्ड दिने विधि झुण्डाउने नै हो । दोषीहरूलाई आँखामा पट्टी बाँधेर, खुट्टा बाँधेर र हात बाँधेर फाँसी दिइन्छ । धेरै जेल अधिकारीहरूले नजिकैको कोठामा एकसाथ बटन थिच्दा तिनीहरूको तल एउटा ट्रयापडोर खुल्छ । कुन बटनले घातक संयन्त्रलाई ट्रिगर गर्दछ भनेर कसैलाई पनि बताइएको हुँदैन ।

    मृत्युदण्डको सजाय पाएका तीन जना कैदीले सन् २०२२ मा फाँसी दिने विधिलाई ‘क्रूर’ भन्दै यसको अन्त्यका लागि माग गरेका थिए । आलोचकहरूले फाँसीको प्रावधानले गलत मृत्युदण्डको सम्भावना राख्छ र यो लामो, पीडादायी मृत्युको कारण बन्ने तर्क गरेका छन् ।

    जापानमा सन् २०२३ मा मृत्युदण्ड दिइएको थिएन तर सन् २०२२ मा एउटा र सन् २०२१ मा तीन जनालाई मृत्युदण्ड दिइएको थियो । पछिल्लो पटक सन् २०२२ को जुलाईमा तोमोहिरो काटोलाई फाँसी दिइएको थियो, जसले सन् २००८ मा टोकियोको अकिहाबारा जिल्लामा पैदलयात्रीलाई ट्रकले ठक्कर दिएर सात जनाको हत्या गरेका थिए ।

    सन् २०१८ मा गुरु शोको आसाहारा र ओम शिन्रिक्यो कल्टका १२ जना पूर्व सदस्यलाई मृत्युदण्ड दिइएको थियो । सन् १९९५ मा  टोकियोको सबवे प्रणालीमा सरीन ग्याँस आक्रमणको योजनाकार ओम शिनरिक्यो १३ जनाको मृत्यु र हजारौं बिरामी परेको आक्रमणका लागि दोषी ठहरिएका थिए । 

    गत हप्ता एक २१ वर्षीय युवकलाई एक बालिकाका आमाबाबुको हत्या गरी घरमा आगो लगाएको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएको थियो ।जापानमा सूचनाविना नै फाँसी दिने प्रणालीको व्यापक आलोचना हुने गरेको छ । 

    कैदीहरूलाई प्रायजसो अन्तिम समयमा र सामान्यतया बिहानको समयमा यो घटना हुनुभन्दा केही घण्टा अघि उनीहरूको आसन्न मृत्युको बारेमा सूचित गरिन्छ । मानवअधिकारवादी समूह एम्नेस्टी इन्टरनेसनलले सार्वजनिक गरेको रिपोर्टमा मृत्युदण्डको बिषयमा ‘केहीलाई कुनै चेतावनी पनि नदिने गरिएको उल्लेख गरेको छ । 

    आफूलाई कहिले मृत्युदण्ड दिइने हो भन्ने थाहा नपाउँदाको मनोवैज्ञानिक पीडाले गर्दा दुई जना कैदीले सन् २०२१ मा ‘ढिलो सूचना प्रणाली’ विरुद्ध मुद्दा दायर गरेका थिए । जापानमा परिवारका कुनै पनि सदस्यले कैदीहरूको अन्तिम क्षण (मृत्युदण्ड) मा साक्षी हुने प्रचलन छैन । 

    मृत्युदण्डसम्बन्धी सार्वजनिक बहस पनि सीमित छ, अधिकारकर्मीहरूले राष्ट्रव्यापी छलफललाई उत्प्रेरित गर्न अधिकारीहरूद्वारा सूचनाको राम्रो खुलासा गर्न आह्वान गरेका छन् ।

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend