Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बी.एक्वायर कन्सल्टेन्सीले पोर्चुगल पठाइदिने भन्दै रूसी सेनामा पठाउन खोजेको पीडितहरुको आरोप


१८, माघ २०८०
  • 186
    SHARES
  • बी.एक्वायर कन्सल्टेन्सीले पोर्चुगल पठाइदिने भन्दै रूसी सेनामा पठाउन खोजेको पीडितहरुको आरोप

    काठमाडौं । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका पोलिटव्युरो सदस्य एवं सचिवालय सदस्य भूपेन्द्र न्यौपाने आवद्ध रहेको बी.एक्वायर एजुकेसन कन्सल्टेन्सीले पोर्चुगल पठाइदिने भन्दै युवाहरुबाट पैसा लिएर रूसी सेनामा पठाउन खोजेको पीडितहरुले आरोप लगाएका छन् । 

    आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै पीडितहरुले आफूहरुले पोर्चुगल जानका लागि जनही १२ लाख तिरेको भएपनि भिजिट भिसामा अजरबैजान पुर्याएर त्यहाँबाट रूसी सेनामा पठाउने योजना थाहा पाएपछि आफूहरुले प्रतिवाद गरेको उनीहरुले बताए । 

    काठमाडौंको सामाखुसीमा रहेको बी.एक्वायर एजुकेसन कन्सल्टेन्सी र उक्त कन्सलटेन्सीका प्रबन्धक रोजिन न्यौपाने, अन्य आवद्ध व्यक्तिहरु बुद्ध पाँचकोटी, वसन्त पुडासैनी, क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका पोलिटव्युरो सदस्य र सचिवालय सदस्य न्यौपाने लगायतले पोर्चुगल पठादिने भनेर पैसा लिएको र भिजिट भिसामा अजरबैजान पुर्याएर रूसी सेनामा पठाउने योजना बनाएको पीडितहरुको आरोप छ । 

    अजरबैजानमा डेढ महिना राखेपछि त्यहाँको एजेन्ट फरार भएको र प्रहरीले पक्राउ गरी ६४ घण्टा हिरासतमा लिएको उनीहरुले बताए । त्यसपछि एजेन्टले आफूहरुलाई हिरासतबाट छुटाएर दुवई पठाइएको उनीहरुको भनाइ छ । 

    दुवईमा आफूहरुलाई पोर्चुगल पठाइदिने भन्दै पाँच महिनासम्म राखिएको उनीहरुको भनाइ छ । एजेन्टले पोर्चुगल नपठाएपछि आफूहरु आफैंले पैसाको जोहो गरेर दुवई हुँदै गत मंसिर २६ गते नेपाल फर्किएको बताए ।

    नेपाल आएपछि पनि नेता न्यौपानेले उल्टै धम्की दिएको र कन्सल्टेन्सीमा जाँदा गुण्डा परिचालन गरेर आफूहरुमाथि आक्रमणको प्रयास भएको उनीहरुको भनाइ छ । हाल उक्त कन्सल्टेन्सी बन्द अवस्थामा रहेको र सन्चालकहरु फरार भएको बताइएको छ । 

    पीडितहरुले हर्जनासहित आफूहरुको पैसा फिर्ता हुनुपर्ने बताए । साथै, वैदेशिक रोजगारीको नाममा बी.एक्वायर एजुकेसन कन्सल्टेन्सी र त्यसमा आवद्ध व्यक्तिहरुले मानव तस्करी गर्न खोजेको भन्दै उनीहरुलाई हदैसम्म कानुनी कारबाहीको लागि सरकारको ध्यानाकार्षण गराए ।

    पीडितहरु कृष्णप्रसाद धमला, नवीन कुमार न्यौपाने, गोपीराम धमला, ध्रुबराज न्यौपाने, नेत्रप्रसाद न्यौपाने, टंक जैशी र निरज धमला रहेका छन् । उनीहरुले आफूहरुलाई गत जेठ ३१ गते पोर्चुगलका लागि भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अजरबैजान पुर्याइएको बताए ।Gopiram Dhamala1.jpgKrishna Prasad Dhamala1.jpgDhrub Neupane1.jpgNabin Kumar Neupane1.jpg

  • एसपीलाई धम्क्याउने नेता अशोक यादव पक्राउ

    काठमाडौं । नेकपाका नेता अशोक यादव पक्राउ परेका छन् । मधेश प्रदेशका डीआईजी ओम अधिकारीले यादवलाई

  • सोलुखुम्बुमा हजुरबुबाको ह-त्या गरेको आरोपमा नाति प्रहरीकाे नियन्त्रणमा

    काठमाडौं ।प्रहरीले आफ्नै हजुरबुबाको हत्या गरेको आरोपमा २३ वर्षीय नातिलाई पक्राउ गरेको छ । सोलुखुम्बुमा ५०

  • प्रहरीमाथि अभद्र व्यवहारको आरोपमा युवक पक्राउ

    काठमाडौं - ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend