Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

दाङमा कपडामा आगाे सल्किँदा एक महिलाकाे ज्यान गयाे


१९, माघ २०८०
  • 128
    SHARES
  • दाङमा कपडामा आगाे सल्किँदा एक महिलाकाे ज्यान गयाे

    दाङ ।  कपडाबाट सल्केको आगोले जलेर दाङको तुलसीपुरमा एक महिलाको ज्यान गएको छ।

    तुलसीपुर उपमहानगरपालिका वडा नम्बर–८ कटकुइयाँकी ४४ वर्षकी लक्ष्मी चौधरीको जलेर ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

    हिजो बेलुका दाउरा बालेर चुलोमा खाना पकाउने क्रममा चौधरीले लगाएको कपडाबाट शरीरमा आगो सल्किएको थियो । घटना भएका बेला घरमा कोही नभएको र पछि स्थानीय बासिन्दाले प्रहरीमा खबर गरेका थिए। घटनास्थल पुग्दा चौधरीलाई मृत अवस्थामा फेला पारेको प्रहरीको भनाइ छ ।

    खाना पकाउँदा, घुर अर्थात् आगो ताप्दा जलनको जोखिम उच्च हुन्छ । त्यसमा पनि महिलाहरु यस्तो जलनको जोखिममा धेरै पर्ने गरेका जलनसम्बन्धी उपचार गर्दै आएका प्लाष्टिक सर्जन डा. जसवन शाक्य बताउनुहुन्छ ।

    आगोले छिटो समात्ने खालका कपडा नलगाउन, चुलाे भुइँभन्दा अलि उच्च भागमा राख्न, पकाउने तथा आगोको वरिपरि बस्ने बेला सावधानी अपनाउन डा.शाक्यको आग्रह छ । 

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend