प्युठान । गौमुखी गाउपालिका वडा नं ३ बस्ने ३८ बर्षकि बासु घर्ती मगरलाई ४ के.जी.६४६ ग्राम लागु औषध चरेस सहित कृष्णनगर बजारबाट प्रहरीले शनिवार पक्राउ गरेको हो ।
रुकुम पुर्वबाट भारत तर्फ लैजादै गरेको भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक लक्ष्मण ओलीको कमान्डमा खटिएको प्रहरी टोलिले शंका लागि चेक जाँच गरेको थियो ।
भारततर्फ जान लागेकी ति महिलाले बोकेको झोला खानतलासी गर्दा प्लास्टिकमा पोको पारी राखेको ९ पोका चरेस बरामद गरी अनुसन्धान कार्य भईरहेको छ ।