Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

१३ फरार प्रतिवादी पक्राउ


२९, माघ २०८०
  • 146
    SHARES
  • १३ फरार प्रतिवादी पक्राउ

    खजुरा । इलाका प्रहरी कार्यालय कोहलपुरले चालु आर्थिक वर्षमा विभिन्न अपराधमा संलग्न रही अदालतबाट दोषी ठहर भएका विभिन्न १३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ ।

    इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले चालु आर्थिक वर्षमा हालसम्म विभिन्न अपराधमा संलग्न रही अदालतबाट दोषी ठहर भएका १३ जना फरार प्रतिवादीलाई पक्राउ गरी अदालतसमक्ष पेस गरिएको बताउनुभयो । 

    उहाँले उनीहरूबाट १२ वर्ष ५ महिना २६ दिन कैद सजाय र ८० हजार रुपियाँ जरिवाना असुल उपर गरिएको जानकारी दिनुभयो ।

    यस क्रममा अदालतबाट कैद सजाय तथा जरिवाना तोकिई हालसम्म फरार रहेका दुई जना फरार प्रतिवादीहरूलाई शनिवार पक्राउ गरेको प्रनाउ तिवारीले जानकारी दिनुभयो । 

    उहाँका अनुसार बाँके जिल्ला अदालतबाट २०७० माघ ९ गतेको आदेश अनुसार ज्यान कसुर मुद्दामा २ वर्ष १० महिना ३ दिन कैद सजाय तोकिएका राप्तीसोनारी गाउँपालिका १ का पूर्णबहादुर कुमाललाई इलाका प्रहरी कार्यालय तुलसीपुर दाङको सहयोगमा दाङबाट कोहलपुर प्रहरीले पक्राउ गरेको छ ।

    त्यसै गरी बाँके जिल्ला अदालतबाट २०७८ मङ्सिर २७ गतेको आदेशबाट जातीय विभेद मुद्दामा ५० हजार जरिवाना तोकिएका बैजनाथ गाउँपालिका वडा नं. ४ का तिलक खप्तरी मगरलाई उनकै घरबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका दुवै जनालाई बाँके जिल्ला अदालत बुझाइएको प्रहरीले जनाएको छ ।

    कैद सजाय तथा जरिवाना तोकिई फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गरी प्रभावकारी फैसला कार्यान्वयन गर्नका लागि जिल्ला प्रहरी कार्यालय बाँकेले सञ्चालन गरेको विशेष अभियानसँगै इलाका प्रहरी कार्यालय कोहलपुरले पनि उनीहरुको खोजतलास गर्ने कार्यलाई तीव्र पारिएको प्रनाउ तिवारीले बताउनुभयो ।

  • एसपीलाई धम्क्याउने नेता अशोक यादव पक्राउ

    काठमाडौं । नेकपाका नेता अशोक यादव पक्राउ परेका छन् । मधेश प्रदेशका डीआईजी ओम अधिकारीले यादवलाई

  • सोलुखुम्बुमा हजुरबुबाको ह-त्या गरेको आरोपमा नाति प्रहरीकाे नियन्त्रणमा

    काठमाडौं ।प्रहरीले आफ्नै हजुरबुबाको हत्या गरेको आरोपमा २३ वर्षीय नातिलाई पक्राउ गरेको छ । सोलुखुम्बुमा ५०

  • प्रहरीमाथि अभद्र व्यवहारको आरोपमा युवक पक्राउ

    काठमाडौं - ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend