Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

हत्या गरी फरार रहेका एक अभियुक्त पक्राउ


१, फागुन २०८०
  • 124
    SHARES
  • हत्या गरी फरार रहेका एक अभियुक्त पक्राउ
    काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले काठमाडौँ महानगरपालिका–९ गौशाला रुञ्चे डाँडास्थित सिरहा–धनुषा होटल एण्ड लजमा मृत अवस्थामा फेला परेकी रामेछाप लिखु तामकोसी गाउँपालिका–५ कि २८ वर्षीया प्रमिला दमाईका हत्यारालाई पक्राउ गरेको छ ।
     
    पक्राउ पर्नेमा दोलखा बैतेश्चर गाउँपालिका–७ का ३८ वर्षीय कुमार श्रेष्ठ रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिनुभयो । 
     
    उहाँले भन्नुभयो, “पक्राउ परेका श्रेष्ठको प्रमिलासँग विगत एक वर्षदेखि प्रेम सम्बन्ध रहेको र उनीहरुका परिवारमा विवाद उत्पन्न भएपछि कुमारले प्रमिलाको हत्या गरेको अनुमान गरिएको छ । श्रेष्ठलाई प्रहरीले आज काठमाडौँको बुद्धनगरबाट पक्राउ गरेको जनाएको छ । 
     
    यही माघ २७ गते मृत अवस्थामा फेला परेकी प्रमिला दमाईको विवाहेत्तर सम्बन्धका कारण हत्या भएको हुनसक्ने जानकारी प्रहरीले यसअघि नै दिएको थियो । मृतक प्रमिला श्रीमान् नसे दमाईंसँग काठमाडौँमा डेरामा बस्दै आएको खुलेको पनि प्रहरीले जनाएको छ । 
     
    प्रमिला र कुमारबीच दोलखाको एक रेडियो कार्यक्रममार्फत चिनजान भएको र दुवै विवाहित रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाइएको छ । 

  • एसपीलाई धम्क्याउने नेता अशोक यादव पक्राउ

    काठमाडौं । नेकपाका नेता अशोक यादव पक्राउ परेका छन् । मधेश प्रदेशका डीआईजी ओम अधिकारीले यादवलाई

  • सोलुखुम्बुमा हजुरबुबाको ह-त्या गरेको आरोपमा नाति प्रहरीकाे नियन्त्रणमा

    काठमाडौं ।प्रहरीले आफ्नै हजुरबुबाको हत्या गरेको आरोपमा २३ वर्षीय नातिलाई पक्राउ गरेको छ । सोलुखुम्बुमा ५०

  • प्रहरीमाथि अभद्र व्यवहारको आरोपमा युवक पक्राउ

    काठमाडौं - ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend