बुटवल । बुटवल देबीनगरमा अज्ञात ब्यक्तिको कुटपिटबाट मृत्यु भएको छ । नाम नखुलेको एक ब्यक्तिको आज बिहान कुटपिटबाट मृत्यु भएको हो । आज अपरामन्ह मृत अवस्थामा शव फेला परेको ती व्यक्तिको स्थानीय २ जनाको कुटपिटबाट मृत्यु भएको बताइएको छ ।
शव बरामद गरेर अनुसन्धान गरिरहेको प्रहरीले कुटपिट गरेको आरोपमा एक नाबालिक सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एकजना नाबालक र अर्का स्थानीय देबीनगरका स्थानीय ३६ वर्षिय गणेश थापा रहेका छन् । आज अपरान्ह पुरानो ड्राइभिङ प्रयोगात्मक परीक्षा लिने रंगशाला स्थानको पछाडी शव फेला परेपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए । शवको सनाखत भइनसकेको प्रहरीले जनाएको छ ।