Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

प्राङ्गारिक कृषि उपजको उत्पादन बढाउन जोड


१४, फागुन २०८०
  • 152
    SHARES
  • प्राङ्गारिक कृषि उपजको उत्पादन बढाउन जोड

    काठमाडौँ । प्राङ्गारिक कृषि उपजको बजार बढ्दै गएकाले यसको उत्पादन पनि बढाउनुपर्नेमा बिज्ञहरुले जोड दिएका छन् ।

    बुटवल उद्योग वाणिज्य सङ्घ र लुम्बिनी प्रदेश पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको आयोजनामा बुटवलमा सञ्चालित राष्ट्रिय प्राङ्गारिक कृषि मेलामा आइतबार आयोजना गरिएको कृषि वस्तुको बजारीकरणसम्बन्धी अन्तक्र्रियामा सो कुरामा जोड दिएका हुन् ।

    पछिल्लो समयमा विश्वसँगै नेपालभित्रै पनि रैथाने र प्राङ्गारिक कृषि वस्तुको माग बढ्दै गएको सरोकारवाला तथा विज्ञले जनाएका छन् ।  

    कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै कृषि उद्यम केन्द्र नेपाल, उद्योग वाणिज्य महासङ्घका कायममुकायम प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र जोशीले रैथाने र प्राङ्गारिक कृषि वस्तुको बजार बढ्दै गएकाले अहिले भइरहेको प्राङ्गारिक उत्पादनले बजार माग पूरा गर्न नसक्ने हुनाले उत्पादन बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले विस्तारै यसको बजार बढ्दै जाने भएकाले किसानले उत्पादन गर्ने कृषिउपजलाई प्राङ्गारिकरण गर्दै जानुपर्ने भनाइ राख्नुभयो । 

    “प्राङ्गारिकको माग बढ्दै जाँदा त्यसबाट किसानले पनि लाभ लिन सक्नेछन् । प्राङ्गारिक उत्पादन नेपालको माटो सुहाउँदो कुरा पनि हो”, उहाँले भन्नुभयो, “यसले उत्पादन लागत पनि घटाउँछ भने मलखाद नपाउने समस्या पनि रहन्न ।

    तर प्राङ्गारिक हो भन्ने कुराको प्रमाणीकरणको प्रबन्ध मिलाउनुपर्ने किसानको मत छ ।” प्राङ्गारिक प्रमाणीकरण नहुँदा अप्राङ्गारिकलाई पनि प्राङ्गारिक भनेर उपभोक्ता झुक्याउने सम्भावना रहेकाले त्यसको व्यवस्था सरकारले मिलाउनुपर्ने उहाँले बताउनुभयो ।  

    कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ कृषि उद्यम केन्द्रका बोर्ड सदस्य झलकलाल श्रेष्ठले तीनै तहका सरकारसँग कृषिको कुनै प्रकारको तथ्याङ्क नभएको बताउँदै यसले कृषिको व्यावसायिक विकास हुन नसक्ने भनाइ राख्नुभयो ।

    त्यस अवसरमा सङ्घका अध्यक्ष तथा मेला सम्पादन समितिका संयोजक हरिप्रसाद अर्यालले अन्तक्र्रियामा उठेका कुरालाई लिपिबद्ध गरेर समस्या समाधानका लागि सम्बन्धित तहमा पहल र पैरवी गरिने बताउनुभयो ।

    उहाँले कृषिलाई प्रवद्र्धन गर्न सकियो भने राष्ट्रिय अर्थतन्त्रमा पनि योगदान हुने र कृषिमा लगानी तथा युवा आकर्षण गरी उद्यमशीलतासँगै रोजगारीको सिर्जना पनि हुने भएकाले कृषिको प्रवद्र्धनको लागि सङ्घले पहलकदमी लिइएको जानकारी गराउनुभयो । 

    कार्यक्रममा सङ्घका कृषि परामर्शदाता डा. प्रदीप शर्मा पौडेल, हेफर इन्टरनेसनलका एसोसियट डाइरेक्टर डा. राम अधिकारी, बुटवल उपमहानगरपालिका कृषि विकास शाखा प्रमुख सन्तोष जिसीलगायतले नागरिको स्वास्थ्यको दृष्टिकोणले अस्पतालमा भन्दा पनि स्वस्थ्यकर खाद्य वस्तुको उत्पादनमा जोड दिनुपर्ने भनाइ राख्नुभएको थियो । 

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend