Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

नवलपरासीमा तस्करीविरुद्ध धावा बाल्दै शसस्त्र, तस्करहरुको भागाभाग


२९, जेठ २०८०
  • 159
    SHARES
  • नवलपरासीमा तस्करीविरुद्ध धावा बाल्दै शसस्त्र, तस्करहरुको भागाभाग

    नवलपरासी। भारतबाट अत्यधिकरुपमा अवैध तस्करी हुने र तस्करहरुको बलियो जालो रहेको भनेर चिनिने नवलपरासी बर्दघाट सुस्ता पश्चिम हो । साना तथा ठूला सामाग्रीहरुको भन्सार छलेर तस्करहरुले कमाउने अड्डा नै हो नवलपरासी । तर पछिल्लोसमय सशस्त्र प्रहरी बल नम्बर २६ गण पश्चिम नवलपरासीमा सशस्त्र प्रहरी उपरीक्षक (एसपी) धिरेन्द्रराज न्यौपानेको इन्ट्री भएपछि नवलपरासी बर्दघाट सुस्ता पश्चिमका तस्करहरुको निन्द्रा हराम भएको छ । भारतबाट हुने चोरी पैठारी तथा अवैध तस्करीलाई निस्तेज पार्न शुन्य लक्ष्यका साथ अभियान थालेका एसपी न्यौपानेले दिएको कडा निर्देशनसँगै जिल्लाका सबै सशस्त्र प्रहरी इकाईहरुले अवैध सामाग्री ओसारपसारलाई कडा निगरानीमा राख्दै धमाधम अवैध सामाग्रीहरु बरामद गर्न थालेपछि यतिबेला तस्करहरुको भागाभाग भएको छ ।

    जिल्लासँग सिमा जोेडिएका र सिमानामा रहेका सशस्त्र प्रहरीका गुल्म एवं बिओपीहरुले तस्करहरुलाई कडा निगरानीमा राखेसँगै तस्करहरु देखिन छोडेका छन् ।अहिलेको समयमा उक्त साना युनिटका बिओपीहरुले भित्रिने सामाग्रीहरुको चेकजाँचलाई कडाई गरेका छन् । यसो त कहिलेकाहींँ सुरक्षा निकायको आँँखा छल्दै सानातिना सामाग्री भने तस्करहरुले भारतबाट ल्याउने भएपनि सीमामा खटिएका सशस्त्र प्रहरीले त्यस्ता तस्करीहरुको उच्च निगरानी राख्नुको साथै नियन्त्रणमा ल्याउनेगरी अप्रेशनलाई जोड दिएको बताईएको छ।

    एसपी न्यौपानेले कमाण्ड सम्हालेको ४ महिनामै सशस्त्र प्रहरीले तस्करविरुद्ध धावा बाल्दै ६१ लाख रुपैयाँ बढीको भन्सार छलीका अवैध सामाग्री बरामद गरिसकेको छ। तस्करीहरुलाई समाप्त पार्ने अभियानमा लागेको सशस्त्र प्रहरीले नाकाबाट ल्याउंँदै गरिएका धेरै जसो अवैध लत्ताकपडा बरामद गरेको एसपी न्यौपानेले जनाएका छन्। उनले भने, तस्करी हुँदैछ भन्ने सूचना पाउने बित्तिकै रात होस वा दिन होस् आफै तस्करहरुलाई समाउन म आफ्नै नेतृत्वमा जान्छु । परासीका एक ब्यापारीका अनुसार एसपी न्यौपाने आएदेखि सीमाबाट हुने चरम तस्करी घट्दै गएको वताए। उनले भन्छन्, उहाँ एसपीसाब आएपछि तस्करहरुको मनोबल नै गिरिसकेको छ, आजभोली एकाधले लुकिछिपी थोरै मात्रामा अवैध सामाग्री ल्याउने गरेको सनिन्छ, त्यो पनि बन्द भएमा स्थानीय हामीजस्ता व्यापारीहरुलाई ठूलो राहत हुने थियो ।

    पश्चिम नवलपरासीको केहिसमय अगाडि मात्रै कमाण्ड सम्हालेका नेपाल प्रहरीका उपरीक्षक (एसपी) काजीकुमार आचार्यले पनि शान्तिसुरक्षालाई मात्र नभई तस्करीविरुद्ध कडारुपमा उत्रिएका छन् । दुवै सुरक्षा निकायको सहकार्यमा साना तथा ठुला तस्करहरुको अहिले गुप्तबास झै भएको जिल्लाका ब्यापारी गजेन्द्र केसीले बताए । व्यापारी गजेन्द्र भन्छन्ु नेपाल प्रहरी र सशस्त्र प्रहरीको यो कार्यप्रति सारा पश्चिम नवलपरासीका ब्यापारीहरुमा आशा र उमंग छाएको छ। एसपी आचार्यको कार्यप्रगतिले छोटो समयमै तस्करहरुको मनोबल खस्काउन सफल भएको छ।

    सशस्त्र र नेपाल प्रहरीको तस्करी निस्तेज अभियानमा ब्यापारीहरु खुशी हुँदा त्यहाँका तस्करहरुले भने त्यहाँको सिङ्गो सुरक्षा निकायहरुलाई बदनाम गर्दै आएको अर्का ब्यापारी राजेन्द्र कार्कीले बताए। दुबै सुरक्षा निकायले तस्करहरुलाई निरुत्साहित गर्दैगएपछि अहिले तस्करहरुले केही स्थानीय पत्रकारलाई प्रयोग गरी सुरक्षा निकायको बदनाम गर्ने उद्देश्यले तथानाम कपोकल्पित समाचारहरु प्रकाशित गराउँदै आएको कार्कीले बताए। 

    तस्करहरुको हरिबिजोग हुँदा तस्करहरु आफैले पैसाको प्रलोभन देखाएर सुरक्षा निकायलाई खरिद गर्ने सपना अधुरो भएपछि धेरैजसो तस्करहरु पलायन हुने अवस्थामा रहेको बताईएको छ, भने केही तस्करहरु अझै पनि तस्करी गर्न पाइन्छ कि भन्ने आशामा रहेका छन् । तर, यता सुरक्षा प्रमुखहरुले राज्यविरुद्ध हुने अवैध कार्यमा तस्करसँग कुनै सौदाबाजी नगरिने जनाएका छन्। अवैध तस्तरी रोकिन थालेपछि जिल्लाको राजस्वमा वृद्धि हुने अपेक्षा गरिएको छ ।

  • एसपीलाई धम्क्याउने नेता अशोक यादव पक्राउ

    काठमाडौं । नेकपाका नेता अशोक यादव पक्राउ परेका छन् । मधेश प्रदेशका डीआईजी ओम अधिकारीले यादवलाई

  • सोलुखुम्बुमा हजुरबुबाको ह-त्या गरेको आरोपमा नाति प्रहरीकाे नियन्त्रणमा

    काठमाडौं ।प्रहरीले आफ्नै हजुरबुबाको हत्या गरेको आरोपमा २३ वर्षीय नातिलाई पक्राउ गरेको छ । सोलुखुम्बुमा ५०

  • प्रहरीमाथि अभद्र व्यवहारको आरोपमा युवक पक्राउ

    काठमाडौं - ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend