Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

नक्कली भुटानी शरणार्थी प्रकरणः असहज बन्दै थुनछेक बहस


२९, जेठ २०८०
  • 121
    SHARES
  • नक्कली भुटानी शरणार्थी प्रकरणः असहज बन्दै थुनछेक बहस

    काठमाण्डौं । नक्कली भुटानी शरणार्थी प्रकरणको थुनछेक बहसका लागि आइतबारको दिन अन्य दिनको भन्दा अलिक फरक थियो । सबैजसो दिन सामान्य ढंगले चलिरहेको बहस आइतबार कुनै प्रतिवादीका वकिल उपस्थित भएका थिएनन् भने कुनै वकिलले बहस गर्दा न्यायाधीशलाई नै झर्को लागेको थियो । आइतबारको बहस हेर्ने सुन्ने जो कोहीले अनुमान गर्थे कि, नक्कली भुटानी शरणार्थीका सबै प्रतिवादी पुर्पक्षका लागि थुनामा जान्छन् । न्यायाधीश प्रेमप्रसाद न्यौपाने भन्दै थिए– जे जसरी हुन्छ यहाँबाट बाटो खोलिदिनुपर्छ । 

    यसको अर्थ के हो भने उनी यो मुद्धाबाट उम्किन चाहन्छन् । हाइप्रोफाइल सम्बन्धित मुद्धा भएपछि न्यायाधीशहरु यसैपनि पन्छिन खोज्ने भएकाले जिल्ला अदालत काठमाडौंका न्यायधीश न्यौपानेले पनि उम्किने मौका खोजिरहेका छन् । टोपबहादुर रायमाझी र बालकृष्ण खाँणको बहसमा निकै धैर्य गरेका न्यायाधीश न्यौपानेको आइतबारको हाउभाउले भने प्रतिवादीलाई सशंकित बनाएको थियो । आइतबार अधिवक्ताहरू न्यायाधीशले इजलासमा खोज्दा पनि भेटिएनन् र उनी नभेटिएपछि न्यायाधीशले असजिलो महसुस गरेका थिए । 

    अघिल्लो आइतबारदेखि जिल्ला अदालत काठमाण्डौंमा न्यायाधीश न्यौपानेको इजलासमा जारी बहसमा प्रतिवादीतर्फका अधिवक्ताहरूले बहस गरिरहेका छन् । शुक्रबार प्रतिवादीलाई नै दिक्क लाग्ने गरी भएको बहस आइतबार न्यायाधीश नै अलमलिने खालको थियो । उनी आफैँले अधिवक्ता खोज्दा पनि भेटाएका थिएनन् । सचिव टेकनारायण पाण्डेको तर्फबाट बहस गरेका अधिवक्ता गणेश रेग्मीलाई न्यायाधीश न्यौपानेले रोकेर धैरैपटक सवालजवाफ गरेका थिए । 

    नेपाल प्रहरीका पूर्व एसएसपीसमेत रहेका रेग्मीले गृह मन्त्रालयका कर्मचारीले साथ नदिएपछि सचिव पाण्डेले सूचना संकलनका लागि गिरोहका सदस्यसँग आफैँ सम्पर्क गरेको र त्यसलाई अन्यथा लिन नहुने तर्क गरेका थिए । पदीय मर्यादामा रहेर गरेका काममा फौजदारी अपराध आकर्षित नहुने बताएपछि न्यायाधीश न्यौपानेले मुलुकी कार्यविधि संहिता २०७४ को दफा ५४ (४०) पढ्न लगाएका थिए ।

    दफा ५४ (४) मा ‘यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि नेपाल सरकार वा सम्बन्धित विभागीय प्रमुखको लिखित स्वीकृति भएकोमा बाहेक नेपाल सरकारको कुनै कर्मचारीउपर निजले आफ्नो ओहदाको कर्तव्य पालनाको सिलसिलामा गरेको कुनै कामको सम्बन्धमा निजउपर कुनै कसुरको अभियोग लगाई मुद्दा चल्नेछैन । 

    तर कुनै कर्मचारीले आफ्नो ओहोदाको कर्तव्यभन्दा बाहिरको कुनै काम गरी कुनै कसुर गरेमा निजउपर त्यस्तो कसुरको अभियोग लगाई मुद्दा चलाउन नेपाल सरकार वा सम्बन्धित विभागीय प्रमुखको स्वीकृति लिनुपर्ने छैन’ भन्ने उल्लेख छ । आइतबार अभियुक्त सन्दीप रायमाझीको तर्फबाट ईश्वरी भट्टराई, अवतार न्यौपाने, बाबुराम दाहाल, प्रविण सुवेदीले बहस गरेका थिए । अभियुक्त टेकनारायण पाण्डेको तर्फबाट राम घिमिरे, शरद कोइराला र जगतप्रसाद जोशीले बहस सकेका थिए । 

    पाण्डेको तर्फबाट अर्का वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले बहस गर्ने पालो थियो तर उनी उपस्थित भएनन् । उनले पाण्डेले जोशीलाई रमन श्रेष्ठले पूर्वगृहमन्त्री बालकृष्ण खाँणको पक्षमा पनि प्रतिरक्षा गर्नुपर्ने भएकाले एकैपटक उपस्थित हुने सन्देश चिटमार्फत पठाएका थिए। जोशीले सो कुरा इजलासमा जानकारी दिँदै बहस टुंग्याएका थिए । त्यसपछि बहस गर्न कोही पनि नआएपछि न्यायाधीश न्यौपानेले अब कसको पालो हो भनेर सोधेका थिए । 

    फाइल हेर्दै न्यायाधीश न्योपानेले सोधे, ‘नरेन्द्र केसीको तर्फबाट को हुनुहुन्छ ?’ केसीले इजलासमा उठेर आफ्नो तर्फबाट बहस गर्ने अधिवक्ता चितवन गएको र भोलि मात्रै उपस्थित हुन सक्ने बताएका थिए ।  ‘मेरो वकिल चितवनबाट गाडीमा आउँदै हुनुहुन्छ । बाटोमा हुनुहुन्छ । भोलि मात्र हुने भयो,’ उनले भने । त्यसपछि न्यायाधीश न्यौपानेले केसीपछि प्रतिरक्षा बहसको पालो रहेका गोविन्द चौधरीको नाम लिए । 

    चौधरीको पक्षमा बहस गर्ने अधिवक्ता को हो भनेर न्यायाधीशले सोधेका थिए । चौधरीले पनि आज बहस गर्न आफ्ना अधिवक्ता नआउने जानकारी दिएपछि न्यायाधीश न्यौपानेले निकै असहजता महसुस गरेका थिए । चौधरीको तर्फबाट पनि बहस नहुने भएपछि न्यायाधीश न्यौपानेले ललितपुरका हरिभक्त महर्जनको नाम लिएका थिए । महर्जनले पनि चौधरीको जस्तै जवाफ दिए ।

     ‘बिहान आउनुभएको थियो, आज पालो आउँदैन भनेर गइसक्नुभयो’, उनले भने । पालोमा रहेका चार जना अभियुक्तले अधिवक्ता बहसमा झिकाउन नसकेपछि न्यायाधीश न्यौपाने असहज देखिए मात्रै देखिएनन उनको असन्तुष्टि समेत रह्यो । उनले मंगलबारसम्म बहस टुंग्याउन त्यतिबेला सबैलाई भनेका थिए ।

  • एसपीलाई धम्क्याउने नेता अशोक यादव पक्राउ

    काठमाडौं । नेकपाका नेता अशोक यादव पक्राउ परेका छन् । मधेश प्रदेशका डीआईजी ओम अधिकारीले यादवलाई

  • सोलुखुम्बुमा हजुरबुबाको ह-त्या गरेको आरोपमा नाति प्रहरीकाे नियन्त्रणमा

    काठमाडौं ।प्रहरीले आफ्नै हजुरबुबाको हत्या गरेको आरोपमा २३ वर्षीय नातिलाई पक्राउ गरेको छ । सोलुखुम्बुमा ५०

  • प्रहरीमाथि अभद्र व्यवहारको आरोपमा युवक पक्राउ

    काठमाडौं - ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend