Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

क्रिमियामा ३८ युक्रेनी ड्रोन खसालेको रुसको दाबी,तेल डिपो नजिकै विस्फोट


२१, फागुन २०८०
  • 245
    SHARES
  • क्रिमियामा ३८ युक्रेनी ड्रोन खसालेको रुसको दाबी,तेल डिपो नजिकै विस्फोट

    काठमाडौँ । रुसले क्रिमियामा आक्रमण गरेका ३८ वटा युक्रेनी ड्रोन खसालेको दाबी गरेको छ । एउटा भिडियो फुटेजले क्रिमियामा तेल डिपो नजिकै विस्फोट भएको देखाएको बीबीसीले जनाएको छ ।

    विस्फोटका कारण रुस र क्रिमिया जोड्ने केर्च ब्रिज केही समयका लागि बन्द भएको थियो । यसबाहेक ड्रोन आक्रमणबाट कुनै क्षति नभएको रुसको भनाइ छ । तर युक्रेनी अधिकारीहरूका अनुसार आक्रमणमा एक जनाको ज्यान गएको र तीन जना घाइते भएका छन् ।

    अस्ति शनिवार रुसले युक्रेनी शहर ओडेसाको आवासीय क्षेत्रमा ड्रोन आक्रमण गर्दा १० जनाको ज्यान गएको थियो ।युक्रेनले पश्चिमी देशहरूलाई हतियारको आपूर्ति बढाउन लगातार अपिल गरिरहेको बेला यो आक्रमण भएको खबरमा उल्लेख छ ।

    पछिल्लो समय रुसी सेना युक्रेनी मोर्चाभन्दा बलियो रूपमा प्रस्तुत भई आक्रमण गरिरहँदा युक्रेनको किभले पश्चिमी हतियारहरूको सहयोगमा तिनीहरूलाई रोक्न प्रयास गरिरहेको छ ।

    गएको महिना मात्र रुसी सेनाले युक्रेनको महत्त्वपूर्ण पूर्वी शहर अदिभका कब्जा गरेको थियो । हिजो रुसले दक्षिणी खेरसन क्षेत्रलाई निसाना बनाएको थियो ।

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend