Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

देवदहमा अन्तर्राष्टिय कराँते प्रतियोगिता सुरु


२५, फागुन २०८०
  • 189
    SHARES
  • देवदहमा अन्तर्राष्टिय कराँते प्रतियोगिता सुरु

    रुपन्देही । रुपन्देहीको देवदहमा दोस्रो गौतम बुद्ध वादरियो अन्तराष्ट्रिय खुल्ला कराँते प्रतियोगिता २०८० शुरु भएको छ ।

    देवदह कराँते डो एकेडेमीको आयोजनामा उक्त प्रतियोगिता सुरु भएको हो। प्रतियोगितामा नेपाल, भारत, श्रीलंका, पाकिस्तान र बाङ्लादेशका कराते खेलाडीको सहभागिता रहेको छ।

    कार्यक्रमको उद्घाटन गर्दै देवदह नगरपालिकाका नगर प्रमुख ध्रुबप्रसाद खरेलले एतिहासिक, पर्यटकीय नगर देवदहलाई खेल र पर्यटनबाट समृद्धिको दिशामा लैजाने गरी नगरपालिकाले काम गरिरहेको बताउनुभयो ।

    खेललाई मनोरञ्जन र स्वास्थ्य सङ्गै व्यवसायीक ढंगले समेत खेलकुदका गतिविधिहरु संचालन गर्नुपर्नेमा नगर प्रमुख खरेलले जोड दिनु भएको थियो ।

    उहाँले खेललाई व्यवसायीक बनाउन सकेमात्र आर्थिक बिकास गर्न सकिने बताउनु भयो। उहाँले कराते खेल आत्मरक्षाका निम्ति पनि महत्त्वपूर्ण रहेको र यसले मानिसको शारीरिक रुपमा पनि अत्यन्तै प्रभावकारी भुमिका निर्वाह गर्ने बताउनुभयो।

    सोही अवसरमा बोल्दै मदन भण्डारी स्पोर्ट्स एकेडेमीका केन्द्रिय अध्यक्ष ध्रुब आचार्य, माओवादी केन्द्रका निर्मल जिसी, नेपाल वादरियो कराँते डो संघका केन्द्रिय अध्यक्ष, प्रमुख प्रशिक्षक तथा नेपाल कराते महासंघका वरिष्ठ उपाध्यक्ष हरिशरण केसी लगाएतले बोल्दै अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताले यस क्षेत्रको खेलकुद विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए ।

    प्रतियोगितामा करिब ३०० जना खेलाडीहरु प्रतिस्पर्धा गर्ने कार्यक्रम संयोजक मोहन जिसीले जानकारी दिनु भयो।

    नेपाल वादरियो कराँते डो संघका केन्द्रिय अध्यक्ष, प्रमुख प्रशिक्षक तथा नेपाल कराते महासंघका वरिष्ठ उपाध्यक्ष हरिशरण केसीको अध्यक्षतामा भएको कार्यक्रम कराते प्रशिक्षक माधवप्रसाद घिमिरेको स्वागत र गणेश पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो।

    received_1355977985069654.jpeg

  • कोहली र गिलको शतकमा भारतको शानदार जित, वेस्ट इन्डिज ८ विकेटले पराजित

    काठमाडौं । विराट कोहली र कप्तान शुभमन गिलले शतकीय पारी खेलेपछि भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो

  • एसियन गेम्समा नेपालले खोल्यो पदकको खाता, करातेका तेन्जिङ शेर्पालाई कास्य

    काठमाडौं । जापानमा जारी २०औँ एसियन गेम्समा नेपालले पहिलो पदक जितेको छ। बुधबार टोयाहाशी जिम्नेसियममा

  • एनपीएलको तेस्रो संस्करणको खेलतालिका सार्वजनिक, उद्घाटनमै साविक विजेता र उपविजेता भिड्दै

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को खेलतालिका सार्वजनिक

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend