Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कृष्णबहादुर महरालाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति


५, चैत २०८०
  • 124
    SHARES
  • कृष्णबहादुर महरालाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

    काठमाण्डाै – सत्तारूढ दल नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई चार दिन हिरासतमा राख्न काठमाण्डाै जिल्ला अदालतले नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युराे (सीआईबी) लाई अनुमति दिएकाे छ ।

    सीआईबीले उपाध्यक्ष महरालाई आज बिहान कपिलवस्तुबाट पक्राउ गरेर काठमाण्डौ ल्याएको थियाे । प्रहरीले म्याद थपका लागि महरालाई आजै जिल्ला अदालत काठमाण्डौमा उपस्थित गराएकोमा अदालतले चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हाे ।

    पूर्वन्यायधीश डिल्लीराज आचार्य संयोजक रहेको सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले महरामाथि थप अनुसन्धान र मुद्दा चलाउन सिफारिस गरेपछि प्रहरीले महरालाई पक्राउ गरेको हो ।

    सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले साढे पाँच महिनापछि आफ्नो प्रतिवेदन गएको हप्ता गृहमन्त्रीलाई बुझाएको थियो । रुपन्देही र कपिलवस्तुको सीमामा पक्राउ पर्दा महराले आफू रोल्पा जान हिँडेको बताएका थिए । प्रहरीले भने उनी भारततर्फ भाग्न लागेको आशङ्का गरेको थियाे ।

    सुन प्रकरणमै गएको भदौमा पक्राउ परेका कृष्णबहादुर महराका छोरा राहुल भने पुर्पक्षका लागि थुनामा छन् । सुन तस्करी प्रकरणमा महरासँग पनि प्रहरीले बयान लिएको थियो । महरामाथि सुन तस्करीका नाक्ईषहरूसँग पटक–पटक सम्पर्क गरेको, सुन राखिएको विद्युतीय चुरोट (भेप) छुटाउन भन्सार कार्यालयमा दबाब दिएको, तस्करीका नाइके दावा छिरिङको गाडी पूर्वउपराष्ट्रपति पुनका सल्लाहकारको नाममा दर्ता गर्न भूमिका खेलेको लगायतको आरोप छ ।

    यसअघि २०७६ सालमा यौन दुराचारको आरोप लागेपछि प्रतिनिधि सभाको सभामुख पदबाट राजीनामा दिएका महरा त्यस बेला झण्डै साढे चार महिना थुनामा बसेका थिए ।

  • एसपीलाई धम्क्याउने नेता अशोक यादव पक्राउ

    काठमाडौं । नेकपाका नेता अशोक यादव पक्राउ परेका छन् । मधेश प्रदेशका डीआईजी ओम अधिकारीले यादवलाई

  • सोलुखुम्बुमा हजुरबुबाको ह-त्या गरेको आरोपमा नाति प्रहरीकाे नियन्त्रणमा

    काठमाडौं ।प्रहरीले आफ्नै हजुरबुबाको हत्या गरेको आरोपमा २३ वर्षीय नातिलाई पक्राउ गरेको छ । सोलुखुम्बुमा ५०

  • प्रहरीमाथि अभद्र व्यवहारको आरोपमा युवक पक्राउ

    काठमाडौं - ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend