Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

नक्कली भुटानी शरणार्थी प्रकरणः न्यायाधीशले नै माने दिक्क


३१, जेठ २०८०
  • 181
    SHARES
  • नक्कली भुटानी शरणार्थी प्रकरणः न्यायाधीशले नै माने दिक्क

    काठमाण्डौं । नक्कली भुटानी शरणार्थी प्रकरणको जारी थुनछेक बहसमा न्यायाधीशले नै दिक्क मानेका छन् । पूर्वगृहमन्त्री एवं नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणको बहसको क्रममा अधिवक्ताहरुले बहस नटुंग्याएपछि उनले दिक्क मान्दै अदालत नै बन्धक बनाउन खोजेको बताएका थिए । 

    ‘म त बिरामी नै हुन लागिसकेँ छोटो गरौँ’, मंगलबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रकाश न्यौपानेले भने । आइतबार र सोमबार प्रतिवादीका तर्फबाट बहस गर्ने अधिवक्ता अन्तिम समयमा इजलासमा नभेटिने समस्या थियो । तर मंगरबार भने अधिवक्ताहरूको एक प्रकारले भन्ने हो भने जुलुश नै देखियो । प्रतिवादी बालकृष्ण खाँणको तर्फबाट बहस गर्न वकिलहरु लाइनमा थिए । साँझ ६ बजिसक्दा पनि खाँणका तर्फबाट बहस गरेका अधिवक्ता मणिराम उपाध्यायले बहस सके । 

    पौने ६ बजे न्यायाधीश न्यौपानेले उपाध्यायलाई सचेत गराएका थिए । उपाध्यायको बहस सकिएपछि खाँडको तर्फबाट बहस गर्न पुगे नेपाल बार एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे । त्यतिबेला न्यायाधीश न्यौपाने थप बहस सुन्ने मुडमा थिएनन् । उनले भने, ‘अनन्तकालको बहस कहिलेसम्म ? मैले नसक्ने भएँ । नाम टिपाउनुस् न अब । बस्नै नसकिने काम गर्नै नसकिने भयो ।

    समय निर्धारण हुनुपूर्व १८ जना प्रतिवादीको तर्फबाट प्रति प्रतिवादी ३ जना अधिवक्ताको हिसाब गरेर समय निर्धारण गरिएको स्मरण गराए । उनले खाँणका अधिवक्तालाई बुधबार १२ बजेसम्म बहस सक्ने निर्देशन नै दिएका छन् । खाँणका अधिवक्ताहरूले समय मागिरहेपछि न्यायाधीश न्यौपानेले भने, ‘मैले टार्न सकिन भोलि १२ बजेसम्म तपाईंहरूका तर्फबाट बहस सक्नुस् । ११ बजेबाट शुरु हुने इजलास १२ बजेसम्म बहस नसकिने भन्दै खाँडका अधिवक्ताले बुधबारको टी ब्रेकसम्मको समय मागेका थिए । 

  • एसपीलाई धम्क्याउने नेता अशोक यादव पक्राउ

    काठमाडौं । नेकपाका नेता अशोक यादव पक्राउ परेका छन् । मधेश प्रदेशका डीआईजी ओम अधिकारीले यादवलाई

  • सोलुखुम्बुमा हजुरबुबाको ह-त्या गरेको आरोपमा नाति प्रहरीकाे नियन्त्रणमा

    काठमाडौं ।प्रहरीले आफ्नै हजुरबुबाको हत्या गरेको आरोपमा २३ वर्षीय नातिलाई पक्राउ गरेको छ । सोलुखुम्बुमा ५०

  • प्रहरीमाथि अभद्र व्यवहारको आरोपमा युवक पक्राउ

    काठमाडौं - ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend