Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बलात्कार मुद्दामा दोषी ठहरिएका ब्राजिलका पूर्वफुटबलर पक्राउ


९, चैत २०८०
  • 119
    SHARES
  • बलात्कार मुद्दामा दोषी ठहरिएका ब्राजिलका पूर्वफुटबलर पक्राउ

    बलात्कार मुद्दामा दोषी ठहर भएका ब्राजिलका पूर्व फुटबलर रोबिन्हो पक्राउ परेका छन्।

    इटालियन फुटबल क्लब एसी मिलानबाट खेलिरहँदा रोबिन्होमाथि सन् २०१३ मा मिलानको नाइट क्लबमा अल्बानियाकी एक महिलामाथि बलात्कारको आरोप लागेको थियो।

    दुई वर्षअघि त्यहाँको अदालतले उक्त घटनामा रोबिन्होलाई दोषी ठहर गर्दै ९ वर्षको जेल सजाय सुनाएको थियो।

     ब्राजिलमा रहेका रोबिन्होलाई इटालीको अदालतले ब्राजिलमै राखेर फैसला कार्यान्वयन गर्न भनेको थियो।

    त्यसयता रोबिन्होलाई उनकै घरमै नजरबन्दमा राखिएको थियो।

    बुधबार ब्राजिलको अदालतले उनलाई हाउस अरेस्टको सट्टा जेलमा राख्न आदेश गरेको थियो।

    उक्त आदेशविरूद्ध रोबिन्होका वकिलहरूले सर्वोच्चमा अपिल गर्दै उनलाई जेल नलैजान माग गरेका थिए। तर, बिहीबार नै सर्वोच्च अदालतले उक्त मागलाई अस्वीकार गरेको थियो।

    त्यसपछि प्रहरीले सान्तोस्थित उनकै घरबाट रोबिन्होलाई पक्राउ गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।  

    प्रसिद्धी र सम्पत्तिका कारण रोबिन्होमाथि कारबाही नहुन सक्ने डरकाबीच अदालतको उक्त आदेशलाई त्यहाँका नागरिकहरूले प्रशंसा र स्वागत गरेको बिबिसीले उल्लेख गरेको छ।

  • एसपीलाई धम्क्याउने नेता अशोक यादव पक्राउ

    काठमाडौं । नेकपाका नेता अशोक यादव पक्राउ परेका छन् । मधेश प्रदेशका डीआईजी ओम अधिकारीले यादवलाई

  • सोलुखुम्बुमा हजुरबुबाको ह-त्या गरेको आरोपमा नाति प्रहरीकाे नियन्त्रणमा

    काठमाडौं ।प्रहरीले आफ्नै हजुरबुबाको हत्या गरेको आरोपमा २३ वर्षीय नातिलाई पक्राउ गरेको छ । सोलुखुम्बुमा ५०

  • प्रहरीमाथि अभद्र व्यवहारको आरोपमा युवक पक्राउ

    काठमाडौं - ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend