Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कवि बानियाँ र चित्रकार राई पुरस्कृत


१०, चैत २०८०
  • 159
    SHARES
  • कवि बानियाँ र चित्रकार राई पुरस्कृत

    खोटाङ । टेम्के–तुवाचुङ प्रतिष्ठान खोटाङले कवि वम बानियाँ र चित्रकार सन्तोष राईलाई ‘टेम्के–तुवाचुङ पुरस्कार’ प्रदान गरेको छ । कवि बानियाँ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ का बासिन्दा हुनुहुन्छ । 

    साहित्यको माध्यमबाट जिल्लालाई पुर्‍याएको योगदानको कदर गर्दै कवि बानियाँलाई तथा खोटाङको कला र संस्कृतिको क्षेत्रमा योगदान पुर्‍याएकामा चित्रकार राईलाई पुरस्कृत गरिएको प्रतिष्ठानका अध्यक्ष भोगेन एक्लेले जानकारी दिनुभयो । प्रतिष्ठानले छैटौँ वार्षिकोत्सवको अवसरमा दिक्तेलस्थित मुडेमा आज दुवैजनालाई जनही रु ११ हजार एक सय ११ राशिको पुरस्कार प्रदान गरेको हो ।

    कवि बानियाँका ‘जागै छन् शब्दहरु’ र ‘मान्छे जोत्ने शहर’ कविता सङ्ग्रह प्रकाशित छन् । उहाँ राष्ट्रिय बालअधिकार परिषद् नेपालका उपाध्यक्षसमेत हुनुहुन्छ । यस्तै चित्रकार राई निसर्ग बाटिका र पाठशाला नेपाल फाउण्डेशनमा कला प्रशिक्षकका रुपमा कार्यरत हुनुहुन्छ । 

    दुवैजनालाई जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले ताम्रपत्र र नगद पुरस्कार हस्तान्तरण गर्नुभयो । प्रतिष्ठानले जिल्लाको भाषा, कला, साहित्य, खेलकुदलगायत क्षेत्रमा विशेष योगदान पुर्‍याउने प्रतिभालाई हरेक वर्ष ‘टेम्के तुवाचुङ पुरस्कार’ प्रदान गर्दै आएको अध्यक्ष एक्लेले बताउनुभयो । 

  • नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको निधन

    काठमाण्डौ । नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको गएराति निधन भएको छ । उहाँको ९१ वर्षको

  • तीन दिनसम्म विविध कार्यक्रम गरी भानु जयन्ती मनाइने

    तनहुँ । नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती गृहजिल्लामा विविध कार्यक्रमसहित मनाइने भएको

  • समय बदलिन समय नै लाग्दैन - कल्याण गुरुङ

    हे प्रिय आत्मीयहरू, सम्बन्धहरू कहिल्यै ठूला-ठूला भाषणले टुट्दैनन्, टुट्छन् त साना अहंकार, झिनो जिद्दी र मौनताको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend