Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

मिथिलाञ्चल क्षेत्रमा आज होली पर्व मनाईंदै


१३, चैत २०८०
  • 99
    SHARES
  • मिथिलाञ्चल क्षेत्रमा आज होली पर्व मनाईंदै

    काठमाण्डौ – मिथिलाञ्चल क्षेत्रमा आज होली पर्व अर्थात् होरी मनाईंदैछ ।

    मिथिला मध्यमा परिक्रमा समापन भएको भोलिपल्ट मिथिलाञ्चल क्षेत्रमा रंगहरुको पर्व होली मनाउने परम्परा छ । हिजो परिक्रमा सम्पन्न भएपछि आज धनुषा, सप्तरी, सिरहासहित मिथिलाञ्चलमा एकअर्कालाई रंग दलेर हर्षोल्लासपूर्वक होली मनाउन लागिएको हो ।

    मधेशमा चन्द्रमास गणनाको फागुपूर्णिमाको समाप्ति र चैत कृष्ण प्रतिपदा शुरु भएसँगै होली पर्व मनाउने परम्परा छ । यसअघि फागुन पूर्णिमाको दिन अस्ति काठमाण्डौउपत्यकासहित हिमाली र पहाडी जिल्लामा तथा हिजो तराई–मधेशका जिल्लामा होली अर्थात् फागु पर्व धुमधामकासाथ मनाइएको थियो ।

    होली पर्व प्रेम, सद्भाव र आपसी एकताको प्रतीक मानिन्छ । मधेशमा पछिल्लो समय तीन दिन होली मनाउन थालिएको छ । मिथिलाको मध्यमा परिक्रमा अन्तर्गत धुरा उडाएको भोलिपल्ट फागु खेल्ने चलन छ । यसअनुसार मिथिलामा दुई दिन नै होली खेलिने साहित्यकार डा. राजेन्द्रप्रसाद विमलले बताउनुभयो ।

  • नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको निधन

    काठमाण्डौ । नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको गएराति निधन भएको छ । उहाँको ९१ वर्षको

  • तीन दिनसम्म विविध कार्यक्रम गरी भानु जयन्ती मनाइने

    तनहुँ । नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती गृहजिल्लामा विविध कार्यक्रमसहित मनाइने भएको

  • समय बदलिन समय नै लाग्दैन - कल्याण गुरुङ

    हे प्रिय आत्मीयहरू, सम्बन्धहरू कहिल्यै ठूला-ठूला भाषणले टुट्दैनन्, टुट्छन् त साना अहंकार, झिनो जिद्दी र मौनताको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend