Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

प्रथम नेशनल हर्टिकल्चर एक्स्पो चैत १६ गतेदेखि


१३, चैत २०८०
  • 233
    SHARES
  • प्रथम नेशनल हर्टिकल्चर एक्स्पो चैत १६ गतेदेखि

    काठमाडौँ । यही चैत १६ देखि १९ गतेसम्म काठमाडौँमा प्रथम नेशनल हर्टिकल्चर एक्स्पो, २०८० सञ्चालन हुने भएको छ । 

    नर्सरी व्यवसायमा रुचि राख्ने, उद्यमी व्यवसायी तथा जिज्ञासुका साथै अध्ययन अनुसन्धानमा संलग्नलाई लक्षित गरी प्रदर्शनी आयोजना गरिएको आयोजक नर्सरी व्यवसायी सङ्घले जनाएको छ ।

    प्रदर्शनीका संयोजक रामजी कुँवरले सो प्रदर्शनीलाई नर्सरी क्षेत्रको एकीकृत महाकुम्भरुपमा लिइएको बताउनुभयो । प्रदर्शनीमा पुष्प, फलफूल, वन तथा जडीबुटीमा आधारित नर्सरीका व्यावसायिक उत्पादनको वृहत प्रदर्शनी गरिनेछ ।

    “मेलामा सम्भव भएसम्म देशभरका पुष्प नर्सरी, फलफूल नर्सरी, कृषि वन नर्सरी तथा जडीबुटी नर्सरीका सात सयभन्दा बढी प्रजातिका बोटविरुवा प्रदर्शनी तथा बिक्री वितरणका लागि राखिने छ”, उहाँले भन्नुभयो, “मलखाद, अग्र्यानिक एवं रासायनिक विषादी, बीउविजन, औँजार उपकरण तथा प्रविधिसम्बन्धी प्रदर्शनी कक्ष समेत रहनेछ ।” उहाँका अनुसार मेलामा ७४ वटा व्यावसायिक कक्ष गरी कुल ९० कक्ष रहनेछन् । 

    प्रदर्शनी कम्तीमा ५० हजारले अवलोकन र रु एक करोडभन्दा बढीको कारोबार हुने आयोजकको अपेक्षा छ । संयोजक कुवँरका अनुसार प्रदर्शनी अवलोकनका लागि सर्वसाधारणका लागि प्रवेश शुल्क प्रतिव्यक्ति रु एक सय र विद्यार्थी तथा ज्येष्ठ नागरिकका लागि प्रतिव्यक्ति रु ५० निर्धारण गरिएको छ ।

    “मेलाले नर्सरी व्यवसायको विकास, विस्तारका साथै स्वच्छ वातावरणसहित आय र रोजगार प्रवद्र्धनमार्फत देशभर छरिएर रहेका समग्र नर्सरी क्षेत्र, पुष्प, फलफूल, कृषि वन तथा जडीबुटी नर्सरी व्यवसायीको हकहित र व्यावसायिक क्षमताको अभिवृद्धि गर्ने अपेक्षा छ”, उहाँले भन्नुभयो, “मेलामा व्यवसायीको क्षमता विकासका लागि स्वस्थ प्रतिस्पर्धा गराई उनीहरुलाई हौसला बढाउन नगद तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिनेछ ।”

    प्रतिस्पर्धीको मूल्याङ्कनका लागि वनस्पती, माटो र पर्यावरणविज्ञ सम्मिलित तीन सदस्यीय समिति गठन गरिएको उहाँले जानकारी दिनुभयो ।  उहाँका अनुसार प्रदर्शनीका अवसरमा लामो समयदेखि निरन्तर नर्सरी व्यवसाय गरी यस क्षेत्रको विकासमा टेवा पु¥याउने एक जनालाई ‘दीर्घकालीन क्रियाशील नर्सरी व्यवसायी’ सम्मान प्रदान गरिनेछ ।

    सङ्घका अनुसार मेलामा बागबानीसम्बन्धी विभिन्न सेवा उपलब्ध गराइने छ । एक्स्पोको प्रवद्र्धकमा पुष्प विकास केन्द्र, वनस्पति विभाग, प्लान्ट क्वारेन्टिन एवं विषादी व्यवसाय केन्द्र, कृषि तथा पशुपक्षी विकास मन्त्रालय छन् । 

  • नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको निधन

    काठमाण्डौ । नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको गएराति निधन भएको छ । उहाँको ९१ वर्षको

  • तीन दिनसम्म विविध कार्यक्रम गरी भानु जयन्ती मनाइने

    तनहुँ । नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती गृहजिल्लामा विविध कार्यक्रमसहित मनाइने भएको

  • समय बदलिन समय नै लाग्दैन - कल्याण गुरुङ

    हे प्रिय आत्मीयहरू, सम्बन्धहरू कहिल्यै ठूला-ठूला भाषणले टुट्दैनन्, टुट्छन् त साना अहंकार, झिनो जिद्दी र मौनताको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend