Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

नुहाउन गएकी १९ वर्षीया किशोरीको बीभत्स हत्या


१४, चैत २०८०
  • 133
    SHARES
  • नुहाउन गएकी १९ वर्षीया किशोरीको बीभत्स हत्या

    काठमाडौं । पाल्पामा एक १९ वर्षीया युवतीको घाँटी रेटेर बीभत्स ढंगले हत्या भएको छ । पाल्पाको रिब्दीकोट गाउँपालिका-१ ख्याहामा हत्या भएको अवस्थामा मंगलबार साँझ युवतीको शव भेटिएको हो ।

    मंगलबार दिउँसो घर छेउको पँधेरोमा नुहाउन गएकी ती युवतीको धारिलो हतियारले शरीरका विभिन्न स्थानहरूमा प्रहार गरेर हत्या गरेको अवस्थामा शव भेटिएको स्थानीयले जानकारी दिएका छन् ।

    दिउँसो ४ बजेघर नजिकै रहेको पँधेरामा नुहाउन गएकी उनी साँझसम्म नफर्किएपछि खोजी गर्ने क्रममा बीभत्स हत्या गरेर फालिएको अवस्थामा शव फेला परेको हो ।

    मृतक १९ वर्षीया पद्मा ख्याहा कराङ्दीका दलबहादुर र कमला सुनारकी छोरी रहेको र उनी शारदा माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत रहेको रिब्दीकोट गाउँपालिका-१ ख्याहाका वडाध्यक्ष चिरञ्जीवी पोखरेलले जानकारी दिएका छन् ।

    ‘उनको घाँटी र हातका औलाहरू काटिएका छन्, घटनास्थलको प्रकृति हेर्दा पद्मालाई जबरजस्ती गर्न खोज्दा बच्ने प्रयत्न गरेपछि हत्या भएको देखिन्छ’, वडाध्यक्ष पोखरेलले सुनाए ।

    जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दले घटना साँझपख भएकाले प्रहरीले घटनास्थलको सुरक्षा दिएर राखेको र बिहानबाट अनुसन्धान सुरु गरिएको बताएका छन् ।

    प्रहरी उपरीक्षक चन्दका अनुसार अनुसन्धानको लागि भैरहवाबाट कुकुर घटनास्थल पुगिसकेको छ । स्थानीयले युवतीको बीभत्स हत्याको तत्काल छानबिन गरी अपराधीलाई कारबाहीको माग गरेका छन् ।

  • एसपीलाई धम्क्याउने नेता अशोक यादव पक्राउ

    काठमाडौं । नेकपाका नेता अशोक यादव पक्राउ परेका छन् । मधेश प्रदेशका डीआईजी ओम अधिकारीले यादवलाई

  • सोलुखुम्बुमा हजुरबुबाको ह-त्या गरेको आरोपमा नाति प्रहरीकाे नियन्त्रणमा

    काठमाडौं ।प्रहरीले आफ्नै हजुरबुबाको हत्या गरेको आरोपमा २३ वर्षीय नातिलाई पक्राउ गरेको छ । सोलुखुम्बुमा ५०

  • प्रहरीमाथि अभद्र व्यवहारको आरोपमा युवक पक्राउ

    काठमाडौं - ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend