Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

‘जून ओर्लेको रात’ बजारमा


१४, चैत २०८०
  • 152
    SHARES
  • ‘जून ओर्लेको रात’ बजारमा
    गण्डकी । युवा कवि सञ्जीव पौडेलको ‘जून ओर्लेको रात’ कविता सङ्ग्रह बजारमा आएको छ । पोखरामा रहेर विगत दुई दशकभन्दा बढी समयदेखि निरन्तर साहित्य क्षेत्रमा क्रियाशील पौडेलको यो दोस्रो साहित्यिक कृति हो । यसअघि उहाँको २०७४ सालमा ‘यानी’ मुक्तक सङ्ग्रह प्रकाशित भएको थियो ।
     
    कविता संग्रहमा प्रकृति, संस्कृति, राजनीतिक एवम् सामाजिक विसङ्गतिलगायत मानवीय संवेदनाका विविध पक्ष समेटिएका ५७ ओटा कविता प्रस्तुत गरिएको छ । समाजको विद्यमान विकृति विसङ्गतिलाई उल्लेख गर्दैै ‘जून ओर्लेको रात’ को ‘शिक्षा’ शीर्षकको कवितामा उहाँ भन्नुुहुन्छ,
     
    “मेरो छोरो
    सन्तुलित आहार पढ्छ किताबमा
    र भान्छामा
    असन्तुलित आहारा खान्छ ।
    मेरी छोरी 
    पढ्छे शारीरिक व्यायाम
    तर
    सुत्छे घाम तन्नेरी भएसम्म ।।”
     
    कविता, गीत, गजल, मुक्तक, निबन्ध, कथालगायत साहित्यिक विधामा कलम चलाउने पौडेल समालोचनाका क्षेत्रमा पनि उत्तिकै क्रियाशील हुनुहुन्छ । पोखरेली साहित्यको विकासका लागि सञ्चालित ‘पुछारसिटे’ अभियानका संयोजकसमेत रहेका पौडेल नेपाली लेखक सङ्घ गण्डकी प्रदेशको महासचिव हुनुहुन्छ । 
     
    पौडेलको यो कृति अम्बर पब्लिकेसन, नयाँदिल्लीले प्रकाशन गरेको हो । नेपालमा पुस्तकको वितरण व्यवस्थापन माया पब्लिकेसनले गरेको छ । कूल एक सय पाँच पृष्ठमा समेटिएको कृतिको मूल्य रु दुई सय ७५ रहेको छ ।  

  • नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको निधन

    काठमाण्डौ । नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको गएराति निधन भएको छ । उहाँको ९१ वर्षको

  • तीन दिनसम्म विविध कार्यक्रम गरी भानु जयन्ती मनाइने

    तनहुँ । नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती गृहजिल्लामा विविध कार्यक्रमसहित मनाइने भएको

  • समय बदलिन समय नै लाग्दैन - कल्याण गुरुङ

    हे प्रिय आत्मीयहरू, सम्बन्धहरू कहिल्यै ठूला-ठूला भाषणले टुट्दैनन्, टुट्छन् त साना अहंकार, झिनो जिद्दी र मौनताको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend