Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

साहित्यका पारखी बालकृष्ण


१५, चैत २०८०
  • 144
    SHARES
  • साहित्यका पारखी बालकृष्ण

    काठमाडौँ । “तिम्रो नाममा पहिलोपल्ट पत्र कोर्दै र्छु, पत्रको उत्तर नआए काँचुली फेर्दैछु”, सहित्यकार बालकृष्ण थपलिया (प्रयत्न) को ‘हृदयका पानाहरु’ नामक गजल सङ्ग्रहबाट लिइएका यी हरफहरुले सूचना प्रविधिको अत्याधुनिक विकास हुुनुअघि पत्र लेख्ने समयको स्मरण गराउँछन् ।

    शिक्षण पेसामा सक्रिय रहनुभएका साहित्यकार थपलियाका उक्त गजल सङ्ग्रहमा समाजका विविध पाटोलाई समेटेर लेखिएका ९० वटा गजल समेटिएका छन् । गजलमा माया, प्रेम, भ्रष्टाचाररहित समाज, शिक्षाको महत्व, समाजको विकास, विकृति÷विसङ्क्तिमुक्त समाजको निर्माणको कल्पना गरिएको छ । 

    “हृदयका पाना गजल सङ्ग्रहमा मानिसका मनमा उब्जिएको संयोगान्त र वियोगगान्तका विविध भावहरुलाई गजलका रुपमा पस्किन ओजिएको छ”, साहित्यकार थपलियाले भन्नुभयो, “मानिसका जीवनमा आइपर्ने र भइरहेको घटनालाई शृङ्गारिक बनाइएको छ, जसले समाजको वास्तविकता चित्रण गरेको छ ।”

    साहित्यकार थपलियाका पाँच कृति प्रकाशन भइसकेका छन् । त्यसमध्ये ‘हृदयका पानाहरु’ गजल सङ्ग्रह २०६९, ‘बस्तीका स्वरहरू’ गजल सङ्ग्रह २०७१, ‘फेसबुक’, लोकगीत सङ्ग्रह २०७१, ‘स्वै त बालअधिकार ? बालगीति कविता सङ्ग्रह २०७२, विभिन्न पत्रपत्रिका र पुस्तकहरूमा फुटकर रचना प्रकाशित भएका छन् भने आमा (उपन्यास) प्रकाशोन्मुख छ ।

    साहित्यकार थपलियाको अर्को गजल सङ्ग्रह बस्तीका स्वरहरुमा हरेक बस्तीमा आफ्नै संस्कार र संस्कृति तथा भावना जोडिएको विषयलाई प्रस्तुत गर्न खोजिएको छ । “मानिस सामाजिक प्राणी हो, उसलाई समाज चाहिन्छ, समाजमा आफ्नै चालचलन, भावना संवेदना, संस्कार संस्कृति हुन्छ”, उहाँले थप्नुभयो, “हरेक बस्तीमा मानिसका भावना जोडिएको हुन्छ, त्यसले मानिसलाई एकापसमा जोड्ने काम गरेको हुन्छ, समाजका त्यही विषयमा गजलमार्फत प्रस्तुत गरिएको छ ।

    साहित्यकार थपलिया २०४१ वैशाख १४ गते भीमेश्वर नगरपालिका वडा नं १ सुस्पा क्षमावती दोलखामा बाबु कृष्णप्रसाद थपलिया र आमा सीतादेवी थपलियाका सन्तानका रुपमा जन्मिनुभएको हो । नेपालीमा स्नातकोत्तर गर्नुभएका उहाँ असल दर्शनको खोजी र साहित्य सिर्जनामा रुची राख्नुहुन्छ । उहाँलाई शिक्षण, पत्रकारिता, गायन र समाजसेवामा पनि उत्तिकै रुचि छ ।

    ‘फेसबुक’, लोकगीत सङ्ग्रहमध्येमा उहाँको अर्को लोकगीत सङ्ग्रह हो । “गाउँमा फेसबुक भर्खरै चलाउन सुरु भएको थियो”, साहित्यकार थपलियाले उक्त सङ्ग्रहको एक टुक्रा सुनाउँदै भन्नुभयो, “सँगै जिउने सँगसँगै मर्ने हो, दुई वर्ष भो फेसबुकमा च्याट भाको अब बिहे गर्ने हो ।” उहाँले लोकगीतको आफैँले शब्द सिर्जना गरेर आफैँले गाउनुभएको छ ।आफ्नो शिक्षकको जिम्मेवारी पूरा गरिसकेपछि बाँकी भएको समयमा उहाँ साहित्य सिर्जनामा लाग्नुहुन्छ । साहित्यकार थपलियाको प्रकाशोन्मुख कृति आमा (उपन्यास) रहको छ । 

    “आमा उपन्यास गाउँ, टोल र छरछिमेकमा आमाले आफ्ना सन्तानलाई गर्ने माया, ममता, आमाहरुले भोग्नुभएको दुःख पीडा, अप्ठेरा, असजिलाहरुलाई आमाको ममताले समाजमा कस्तो भूमिका निर्वाह गरिरहेको छ”, उहाँले थप्नुभयो, “ग्रामीण परिवेशमा जन्मि हुर्की गरेर दुःखका साथ जीवन बिताउने ग्रामीण आमाको सामाजिक, भावनात्मक र वैचारिक विषयवस्तु समेटिएको छ, आमाभित्र हुने सद्भाव, सत्प्रेमलाई उपयान्समा समेट्न खोजिएको छ ।”

    राष्ट्रकवि माधवप्रसाद घिमिरेसँग भेट गरेर कुराकानी गर्ने मौका मिलेपछि उहाँलाई बालगीत सङ्ग्रह निकाल्ने प्रेरणा मिल्यो । “राष्ट्रकवि माधवप्रसाद घिमिरेसँग २०७१ साल चैत १७ गते उहाँको निवास ठमेलमा भेट्ने अवसर पाए”, साहित्यकार थपलियाले थप्नुभयो, “उहाँकै आर्शिवचनअनुसार बाल गीत सङ्ग्रह प्रकाशन गरेको छु ।”

    बालअधिकारबाट वञ्चित भएका विषयवस्तु, उनीहरुले भोग्नुपरेका दुःख, पीडा, अप्ठेरा र असजिलापनलाई अधिकार स्थापना गर्न प्रेरणा मिलोस तथा भावी जीवन सुखमय बनोस् भन्ने उद्देश्यका साथ लेखिएको उक्त सङ्ग्रहमा ७५ बाल गीति कविता समेटिएको छ ।

    बाल्यकालदेखि नै साहित्यमा रुचि राख्ने थपलियालाई समाजमा रहेका विभेद अन्त्य गर्ने सहयोग पुग्ने र समाजलाई सुधार गर्न प्रोत्साहन गर्ने साहित्य सिर्जना  गर्न राम्रो लाग्छ ।उहाँको हृदयका पानाहरु गजल सङ्ग्रहमा भनिएको छ, “अरुलाई दुःख पर्दा कोही पनि हाँस्न हुन्न, आफ्नो संस्कृतिलाई कसैले पनि मास्न हुन्न ।”

  • नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको निधन

    काठमाण्डौ । नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको गएराति निधन भएको छ । उहाँको ९१ वर्षको

  • तीन दिनसम्म विविध कार्यक्रम गरी भानु जयन्ती मनाइने

    तनहुँ । नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती गृहजिल्लामा विविध कार्यक्रमसहित मनाइने भएको

  • समय बदलिन समय नै लाग्दैन - कल्याण गुरुङ

    हे प्रिय आत्मीयहरू, सम्बन्धहरू कहिल्यै ठूला-ठूला भाषणले टुट्दैनन्, टुट्छन् त साना अहंकार, झिनो जिद्दी र मौनताको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend