Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

‘खजुरे ब्रो’को गीत ‘लभ गर्ने मान्छे’ रिलिज (भिडियो)


२०, चैत २०८०
  • 203
    SHARES
  • ‘खजुरे ब्रो’को गीत ‘लभ गर्ने मान्छे’ रिलिज (भिडियो)

    फिल्म  ‘खजुरे ब्रो’को गीत रिलिज गरिएको छ । फिल्मको  पहिलो गीत ‘लभ गर्ने मान्छे’ रिलिज गरिएको हो ।अनमोल गुरुङको शब्द तथा संगीत रहेको गीतमा संगीतकार गुरुङ र अनुपम गुरुङको स्वर सुन्न सकिन्छ । सार्वजनिक गीतमा मुख्य कलाकार अभिनेत्री नीति शाहलाई अभिनेता रियर राईको लभ इन्ट्रेस्टको रुपमा प्रस्तुत गरिएको छ ।मिस नेपाल इन्टरनेसनल २०१८ नीतिको यो डेव्यु फिल्म हो । सुरज सुनुवारको लेखन तथा निर्देशन रहेको फिल्ममा नीति शाह, रेअर राई, महेश त्रिपाठी, नवीन मानन्धर, प्रकाश भुजेल, विनीता थापा मगर, सुष्मा निरौला, पुष्कर कार्की, मनिष राउत, प्रेम सुब्बा र सुजाता राई लगायतको अभिनय रहेको छ ।

    फिल्म कमेडी जनरामा निर्माण भएको छ । धरानमा चर्चित मानिएका खजुरे पात्रबाट प्रभावित भएर फिल्म निर्माण भएको हो ।दिव्य दृश्य इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण भएको फिल्मका  सह-निर्माता अनिल मानन्धर र पिकेश मानन्धर हुन् । फिल्म बैशाख २८ गते रिलिज हुने छ । 

  • नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको निधन

    काठमाण्डौ । नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको गएराति निधन भएको छ । उहाँको ९१ वर्षको

  • तीन दिनसम्म विविध कार्यक्रम गरी भानु जयन्ती मनाइने

    तनहुँ । नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती गृहजिल्लामा विविध कार्यक्रमसहित मनाइने भएको

  • समय बदलिन समय नै लाग्दैन - कल्याण गुरुङ

    हे प्रिय आत्मीयहरू, सम्बन्धहरू कहिल्यै ठूला-ठूला भाषणले टुट्दैनन्, टुट्छन् त साना अहंकार, झिनो जिद्दी र मौनताको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend