Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

‘बोक्सीको घर’को गीत ‘बुझिन मैले’ सार्वजनिक


२१, चैत २०८०
  • 146
    SHARES
  • ‘बोक्सीको घर’को गीत ‘बुझिन मैले’ सार्वजनिक

    काठमाडौं । वैशाख १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘बोक्सीको घर’को गीत सार्वजनिक गरिएको छ । कथासार बुझाउने गीत ‘बुझिन मैले’ सार्वजनिक गरिएको हो ।

    गीतमा समीक्षा अधिकारी र प्रकाश सपूतको स्वर रहेको छ । गीतमा गायक सपूतकै शब्द रचना तथा संगीत छ । 

    सिनेमाको गीतमा केकी अधिकारी, निर्देशक तथा कलाकार सुलक्षण भारती,  रमा थपलियालगायत कलाकार फिचर्ड छन् । 

    सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको सिनेमा आठ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’माथि आधारित रहेर निर्माण गरिएको छ । 

    अभिनेत्री तथा निर्मात्री केकीले सामाजिक थ्रिलर जनरामा निर्माण भएको सिनेमाले समाजमा प्रचलित ‘बोक्सी’ कुप्रथालाई चित्रण गर्ने बताएकी छन् । महिलालाई बोक्सीको आरोप लगाई समाजले उनीहरूमाथि गर्ने शोषणको वरिपरि रहेर सिनेमा निर्माण भएको छ ।

    सिनेमामा निर्माताका रूपमा केकीका बाबु बद्री अधिकारी रहेका छन् । राज घिमिरे कार्यकारी निर्माता हुन् ।

    सिनेमामा केकीका अलवा सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ । 

  • नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको निधन

    काठमाण्डौ । नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको गएराति निधन भएको छ । उहाँको ९१ वर्षको

  • तीन दिनसम्म विविध कार्यक्रम गरी भानु जयन्ती मनाइने

    तनहुँ । नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती गृहजिल्लामा विविध कार्यक्रमसहित मनाइने भएको

  • समय बदलिन समय नै लाग्दैन - कल्याण गुरुङ

    हे प्रिय आत्मीयहरू, सम्बन्धहरू कहिल्यै ठूला-ठूला भाषणले टुट्दैनन्, टुट्छन् त साना अहंकार, झिनो जिद्दी र मौनताको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend