काठमाण्डौँ । नक्कली भुटानी शरणार्थी प्रकरणका मुद्धाको थुनछेक बहस सकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासमा दुवै पक्षबाट थुनछेक बहस सकिएको हो ।
बिहीबारसम्म १८ जना प्रतिवादीका तर्फबाट बहस भएको थियो भने शुक्रबार पाँच जना सरकारी वकिल र जाहेरतर्फकासमेत गरी ७ जनाले जवाफी बहस गरेका हुन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न भएको अभियोग लागेका १८ जना प्रतिवादीतर्फको बहस बिहीबार सकिएको थियो ।
यो प्रकरणमा संलग्न भनिएका १२ जना अझै फरार छन् । थुनछेक बहस सकिएकाले आजै थुनछेक आदेश आउने अपेक्षा गरिएको छ ।