Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

छात्रवृत्तिको कोटा निर्धारण गरेर विद्यार्थी भर्ना गर्न शिक्षा मन्त्रालयको अनुरोध 


२३, चैत २०८०
  • 264
    SHARES
  • छात्रवृत्तिको कोटा निर्धारण गरेर विद्यार्थी भर्ना गर्न शिक्षा मन्त्रालयको अनुरोध 

    काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी (संस्थागत) विद्यालयमा छात्रवृत्तिको कोटा निर्धारण गरेर मात्रै विद्यार्थी भर्ना गर्ने व्यवस्था मिलाउन स्थानीय तहहरूलाई अनुरोध गरेको छ ।

    विद्यार्थी भर्ना भइसकेपछि कोटा छुट्याउँदा विपन्न र सीमान्तकृत समुदायका बालबालिका छात्रवृत्तिबाट वञ्चित हुने अवस्था आएको मन्त्रालयले जनाएको छ ।

    भर्नापछि छात्रवृत्ति दिने प्रवृत्तिले शुल्क तिर्न नसकी भर्ना नहुने अवस्था सिर्जना हुने र छात्रवृत्तिको पहुँच बाहिर हुने स्थिति देखा परेको मन्त्रालयको भनाइ छ ।

    विद्यार्थी भर्नाकै समयमा छात्रवृत्तिको सङ्ख्या छुट्याइ छात्रवृत्ति प्राप्त गर्ने बालबालिकालाई निःशुल्क भर्ना हुने व्यवस्था मिलाउन पनि मन्त्रालयले स्थानीय तहहरूलाई अनुरोध गरेको छ ।

    साथै प्रत्येक शैक्षिक सत्रमा लिने शुल्कको प्रस्ताव स्थानीय तहमा पेश गरी स्थानीय तहबाट विद्यालयको शुल्क निर्धारण गर्नुपर्ने कानुनी व्यवस्था पनि मन्त्रालयले सम्झाएको छ ।

    यस अनुसार मापदण्ड निर्धारण गरी सम्बन्धित स्थानीय तह र विद्यालयको वेबसाइटमार्फत शुल्क सार्वजनिक गर्न मन्त्रालयले आग्रह गरेको छ ।

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेश पढाइ र रोजगारीको आवरणमा बिचौलियाको खेल : करोडौँ कारोबार, नियमनकारी निकाय किन मौन?

    काठमाडौं । विदेश अध्ययन र रोजगारीका लागि नेपालबाट वर्षेनि ठूलो रकम बाहिरिँदै गर्दा त्यससँगै अनधिकृत

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend