Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बेँसीसहरमा आजदेखि आठौं लमजुङ महोत्सव


२३, चैत २०८०
  • 154
    SHARES
  • बेँसीसहरमा आजदेखि आठौं लमजुङ महोत्सव

    लमजुङ । पर्यटन प्रवर्द्धन गर्दै आर्थिक गतिविधि बढाउने उद्देश्यले बेँसीसहर नगरपालिका वडा नं ७ सहजीमा आजदेखि आठौँ लमजुङ महोत्सव सुरु भएको छ ।

    लमजुङ उद्योग वाणिज्य सङ्घको आयोजनामा ‘स्थानीय उत्पादन, उद्योग, पर्यटन तथा पूर्वाधारः मौलिक कला–संस्कृति समद्ध लमजुङको आधार’ भन्ने मूल नाराका साथ महोत्सव सुरु भएको हो ।

    महोत्सवको आज दिउँसो उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्नुभयो । राष्ट्रपति पौडेलले लमजुङ नेपाल एकीकरणको साक्षी रहेको उल्लेख गर्नुहुँदै यहाँको पर्यटनको विकासका लागि आफूले पहल गर्ने बताउनुभयो ।

    लमजुङ लुकेर रहेको सम्पति रहेको बताउँदै उहाँले लमजुङमा जलविद्युत् पर्यटनको खोजी गरी समृद्धि हासिल गर्न सकिने धारणा राख्नुभयो । यस्ता महोत्सवले पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्नुका साथै  मुलुकको अर्थतन्त्रमा समेत सहयोग पुग्ने उहाँको भनाइ थियो ।

    सांसद उर्मिला माझीले जनताको अवस्था बदल्न सरकार अघि बढिरहेको बताउनुभयो । उहाँले लमजुङको विकासमा सबै एकजुट हुन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

    गण्डकी प्रदेशका प्रदेशसभा सदस्य भेषबहादुर पौडेलले लमजुङ जलविद्युत् पर्यटन क्षेत्रको हिसावले परेको धारणा राख्नुभयो । लमजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष भरतकुमार श्रेष्ठले पछिल्लो समयमा जिल्लामा सुस्ताएको पर्यटन व्यवसायलाई पुनरुत्थान गर्न महोत्सव आयोजना गरिएको बताउनुभयो ।

    स्थानीय उत्पादन, जडीबुटी तथा परम्परागत सीप र प्रविधिको प्रबद्र्धनका लागि महोत्सव आयोजना गरिएको उहाँको भनाइ छ ।

    महोत्सवमा दुई सय एक वटा प्रदर्शनीकक्ष राखिएको छ । महोत्सव दुई लाखले अवलोकन गर्ने र करिब रु एक करोडको कारोबार हुने अपेक्षा गरिएको छ । महोत्सव सुरुअघि लमजुङका विभिन्न जातजातिहरुको झाँकीसहितको र्‍याली निकालिएको थियो । महोत्सव आगामी वैशाख ३ गतेसम्म सञ्चालन हुनेछ ।

  • नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको निधन

    काठमाण्डौ । नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको गएराति निधन भएको छ । उहाँको ९१ वर्षको

  • तीन दिनसम्म विविध कार्यक्रम गरी भानु जयन्ती मनाइने

    तनहुँ । नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती गृहजिल्लामा विविध कार्यक्रमसहित मनाइने भएको

  • समय बदलिन समय नै लाग्दैन - कल्याण गुरुङ

    हे प्रिय आत्मीयहरू, सम्बन्धहरू कहिल्यै ठूला-ठूला भाषणले टुट्दैनन्, टुट्छन् त साना अहंकार, झिनो जिद्दी र मौनताको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend