काठमाण्डाै – काठमाण्डौको कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्या आरोपमा पक्राउ परेका माओवादी नेता कालीबहादुर खाम पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
चितवन जिल्ला अदालतमा हिजो र आज दुई दिन भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश दयाराम ढकालले खामलाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिनुभएको हो ।
व्यापारी श्रेष्ठको २०६५ सालको वैशाखमा चितवनकाे शक्तिखोरमा रहेको माओवादी लडाकुको अस्थायी शिविरको तेस्रो डिभिजनमा हत्या भएको थियो ।
खामले घटनामा आफ्नो संलग्नता नरहेको बयान दिएका थिए । तर पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी अहिलेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको हो ।
श्रेष्ठकी श्रीमती रमिलाले दिएको जाहेरीका आधारमा काठमाण्डौबाट गएको मङ्गलवार पक्राउ परेका खामलाई चितवन लगिएको थियो ।