Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

उच्च शिक्षाबारे शिक्षा मन्त्रालयले बनायो ४ वटा कार्यदल


२३, चैत २०८०
  • 240
    SHARES
  • उच्च शिक्षाबारे शिक्षा मन्त्रालयले बनायो ४ वटा कार्यदल

    काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उच्च शिक्षासँग सम्बन्धित रहेर ४ वटा कार्यदल बनाएको छ ।

    शिक्षामन्त्री सुमना श्रेष्ठले एक महिनाको कार्य प्रगति सार्वजनिक गर्दै उच्च शिक्षामा देखिएका समस्या र तिनको समाधान गर्न विभिन्न ४ वटा कार्यदल बनाएर काम भइरहेको बताइन् । ती कार्यदलहरूलाई १५ दिनको समय दिएर प्रतिवेदन पेस गर्न भनिएको छ ।

    मन्त्रालयले छात्रवृत्ति सम्बन्धी कानुनहरूको पुनरावलोकन गर्ने सम्बन्धी उच्चस्तरीय समिति गठन गरेको छ । उक्त समितिमा विश्वविद्यालय अनुदान आयोग, राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, स्वास्थ्य मन्त्रालयका प्रतिनिधि सदस्य छन् । उक्त कार्यदललाई एक महिनाभित्र प्रतिवेदन पेस गर्न भनिएको मन्त्री श्रेष्ठले बताइन् ।

    त्यस्तै राष्ट्रिय परीक्षा सञ्चालन सम्बन्धी निर्देशिका तर्जुमा सम्बन्धी समेत कार्यदल बनेको छ । उक्त कार्यदललाई १५ दिनको समय दिइएको छ ।

    त्यस्तै विदेशी सम्बन्धनका कलेजहरूको व्यवस्थापन सम्बन्धी निर्देशिका संशोधन सम्बन्धी समेत कार्यदल बनेको छ । उक्त कार्यदललाई पनि १५ दिनको समय दिइएको छ ।

    त्यस्तै शिक्षक सेवा आयोग नियमावली संशोधन गर्नका लागि समेत कार्यदल बनेको मन्त्री श्रेष्ठले बताइन् । 

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेश पढाइ र रोजगारीको आवरणमा बिचौलियाको खेल : करोडौँ कारोबार, नियमनकारी निकाय किन मौन?

    काठमाडौं । विदेश अध्ययन र रोजगारीका लागि नेपालबाट वर्षेनि ठूलो रकम बाहिरिँदै गर्दा त्यससँगै अनधिकृत

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend