Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

एसईई आज सकिँदै, हराए ३७ हजार विद्यार्थी


२७, चैत २०८०
  • 214
    SHARES
  • एसईई आज सकिँदै, हराए ३७ हजार विद्यार्थी

    काठमाडौं - यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) अज सकिँदै छ। चैत १५ बाट सुरु भएको एसईई आज  सकिन  लागेकाे हाे। 

    यस पटक एसईईमा सहभागी हुन परीक्षा फाराम भरेका ३७ हजारभन्दा बढी परीक्षार्थी अनुपस्थित रहेका छन् । 

    राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षामा सहभागी हुन पाँच लाख चार हजार विद्यार्थीले फाराम भरेका थिए। बोर्डका परीक्षा नियन्त्रक नन्दलाल पौडेलले चार लाख ७५ हजारले मात्रै प्रवेशपत्र लिएको बताए।

    उनले प्रवेशपत्र लिएकामध्ये पनि आठ हजार जनाभन्दा बढी परीक्षामा अनुपस्थित रहेको जानकारी दिए। पौडेलका अनुसार परीक्षामा देशभरबाट चार लाख ६७ हजार जना मात्रै उपस्थित भएका छन्। 

    एसईईमा सहभागी हुने विद्यार्थीले कक्षा नौमा रजिस्ट्रेसन फाराम भर्नु पर्छ । त्यसरी फाराम भरेकामध्ये केही विद्यार्थी कक्षा नौको वार्षिक परीक्षा नतिजामा चित्त बुझेन भने सोही कक्षा दोहोर्‍याउन चाहन्छन्।

    जसले गर्दा एसईईमा सहभागी हुने तथ्याङ्क घट्छ। त्यस्तै कतिपय निजी स्कुलले कमजोर नतिजा भएका विद्यार्थीलाई आफैँ कक्षा नौमा दोहोर्‍याउन पनि लगाउने गरेको पौडेलको भनाइ छ। 

    परीक्षा नियन्त्रक पौडेलका अनुसार केही विद्यार्थी कक्षा १० सम्म आउँदा आफैँ पढाइ छाड्ने गर्छन् भने केहीले आर्थिक अभावका कारण पनि पढाइ छाडेका हुन्छन् । एसईईमा वैकल्पिक धारका विद्यालयबाट पनि परीक्षा फाराम भर्न पाउने व्यवस्था छ।

    त्यस्तै महिला तथा प्रौढलाई लक्षित गरेर खोलिएका विद्यालयबाट पनि एसईई परीक्षामा फाराम भराउने गरिएको छ तर यस्ता विद्यालयबाट फाराम भरेकामध्ये केही परीक्षार्थी कम उमेर भएका कारण वा अन्य कारणबाट पनि परीक्षामा अनुपस्थित हुने गरेको पौडेलले बताए। 

    अनुपस्थित परीक्षार्थीमध्ये अधिकांश छात्र रहेको बोर्डले जनाएको छ।

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेश पढाइ र रोजगारीको आवरणमा बिचौलियाको खेल : करोडौँ कारोबार, नियमनकारी निकाय किन मौन?

    काठमाडौं । विदेश अध्ययन र रोजगारीका लागि नेपालबाट वर्षेनि ठूलो रकम बाहिरिँदै गर्दा त्यससँगै अनधिकृत

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend