Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

छात्रावास जीर्ण हुँदा विद्यार्थी जोखिममा


२९, चैत २०८०
  • 145
    SHARES
  • छात्रावास जीर्ण हुँदा विद्यार्थी जोखिममा

    दाङ । तुलसीपुर उपमहानगरपालिका–१८ स्थित नेपाल संस्कृत विश्वविद्यालय जनता विद्यापीठको छात्राबासको भवन जीर्ण भएको छ । 

    पुराना भवनबम साथै भवनभित्र रहेका सुत्ने खाट पनि पुराना हुँदा विद्यार्थी जोखिम मोलेर बस्नुपर्ने अवस्था रहेको विद्यार्थी उद्यम पोख्रेलले बताउनुभयो । “हावाहुरी लाग्दा भित्रै धुलो पस्ने अवस्था छ । यहाँ बस्ने विद्यार्थी पनि डराइडराई बस्नुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो, “भवन पुरानो छ, भत्किन्छ कि भन्ने डरले बस्नुपर्छ ।” 

    भवनको वरिपरि घाँस उम्रिएका छन् । भित्तामा पानी चुहिएको जस्तो देखिन्छ । विसं २०४९ मा उक्त छात्राबासको भवन निर्माण भएको थियो । तीस वर्ष पुगिसकेको उक्त भवनका हरेक संरचना कमजोर बन्दै गएका छन् । 

    आफूहरू बस्दा भवन राम्रै भए पनि अहिले आएर निकै जीर्ण भएको पूर्वविद्यार्थी भीमलाल मरासिनीले बताउनुभयो । “म सात वर्ष यही भवनमा बसेँ । विसं २०५५ देखि २०६२ सालसम्म छात्राबासमै बसेर उत्तर मध्यमादेखि आचार्यसम्म अध्ययन गरेँ”, उहाँले भन्नुभयो, “यो बीचमा भवन पनि राम्रै थियो । अहिले आएर हेर्दा भत्किएलान् भन्ने डर, वरिपरि उम्रिएका घाँसले सर्पको डर, धेरै समस्या रहेछ ।” 

    छात्राबासमा अहिले आठजना विद्यार्थी बसिरहेका छन् । उक्त छात्राबास जीर्ण भएपछि नयाँ भवन निर्माणको प्रक्रिया अघि बढाइएको विद्यापीठका प्राचार्य योगराज शर्माले बताउनुभयो । भारतीय दूतावासमा विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरेर पठाइएको भन्दै आगामी आर्थिक वर्षमा बजेट आउने आश्वासन पाएको उहाँको भनाइ छ ।

    विद्यार्थीहरू जीर्ण भवनमा रात कटाउन बाध्य हुँदा शिक्षकहरूको भने नयाँ भवन निर्माण भइसकेको छ । करिब रू एक करोडको लागतमा दुई वर्षअघि निर्माण भएको विजौरीस्थित भवनमा बाहिरबाट आएका शिक्षक बस्ने गरेका छन् । 

    “सहसचिव, उपसचिवस्तरका शिक्षक बाहिरबाट आउनुभएको छ । उहाँहरूलाई गाउँमा कोठा खोज्न पनि समस्या, भनेको बेला नपाइने अवस्था थियो”, प्राचार्य शर्माले भन्नुभयो, “त्यसैले शिक्षकका लागि प्राथमिकता दिएर भवन बनाइएको हो ।” विगत केही समय छात्राबासमा बस्ने विद्यार्थी पनि नभएकाले केही समय छात्राबास खाली थियो ।

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेश पढाइ र रोजगारीको आवरणमा बिचौलियाको खेल : करोडौँ कारोबार, नियमनकारी निकाय किन मौन?

    काठमाडौं । विदेश अध्ययन र रोजगारीका लागि नेपालबाट वर्षेनि ठूलो रकम बाहिरिँदै गर्दा त्यससँगै अनधिकृत

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend