Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

हिजबुल्लाहले गर्‍यो उत्तरी इसराइलमा मिसाइल र ड्रोन हमला


६, वैशाख २०८१
  • 220
    SHARES
  • हिजबुल्लाहले गर्‍यो उत्तरी इसराइलमा मिसाइल र ड्रोन हमला

    काठमाडौं - लेबनानको सैन्य समूह हिजबुल्लाहले उत्तरी इसराइलमा मिसाइल र ड्रोन हमला गरेको छ।

    बुधबार हिजबुल्लाहले इसराइलको उत्तरी भूभाग अरब अल अरमशीको बेदोइनमा रहेको सैन्य अड्डामा हवाई हमला गरेको हो।

    समाचार संस्था रोयटर्सका अनुसार उक्त हमलामा परी १४ जना इसराइली सेना घाइते भएका छन्।

    इसराइली डिफेन्स फोर्स (आइडिएफ)ले पनि लेबनानबाट हिजबुल्लाहले इसराइलमाथि आक्रमण गरेको पुष्टि गरेको छ।

    हिजबुल्लाहले उक्त हमलालाई मंगलबार इसराइलले मंगलबार लेबनानमा गरेको आक्रमणको जबाफ भनेको छ।

    इसराइलको उक्त आक्रमणमा हिजबुल्लाहको फिल्ड कमाण्डरसहित ३ लडाकुको मृत्यु भएको थियो।

    हिजबुल्लाहको आक्रमणबाट घाइते भएका १४ इसराइली सैनिकमध्ये ६ जनाको अवस्था गम्भीर रहेको रोयटर्सले उल्लेख गरेको छ।

    हिजबुल्लाह र इसराइलबीच ६ महिनादेखि आक्रमण प्रत्याक्रमण भइरहेको छ। इसराइलले गजामा लगातार हमला गर्न थालेपछि इसराइलमाथि दबाब बढाउन हिजबुल्लाहले लेबनानबाट आक्रमण गरिरहेको छ।

    इसराइलको जवाफी आक्रमणमा अहिलेसम्म त्यहाँ ३७० जना मारिएको रोयटर्सले उल्लेख गरेको छ। जसमध्ये २४० जना हिजबुल्लाह लडाकु र ६८ जना लेबनानी नागरिक रहेका छन्।

    हिजबुल्लाहको आक्रमणमा १८ जना इसराइली सैनिक मारिएको बताइएको छ।

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend