Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कम्तीमा १२ सम्म पढाइदिने वाचासहित भर्ना गर्न शिक्षामन्त्री श्रेष्ठको आग्रह


६, वैशाख २०८१
  • 266
    SHARES
  • कम्तीमा १२ सम्म पढाइदिने वाचासहित भर्ना गर्न शिक्षामन्त्री श्रेष्ठको आग्रह

    काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले कम्तीमा कक्षा-१२ सम्म पढाइदिने वाचासहित भर्ना गर्न आग्रह गरेकी छन् ।

    उनले सामाजिक सञ्जालबाट यसका लागि आफूबाट हुने सहयोग गर्ने पनि प्रतिबद्धता जनाएकी छिन् । उनले आफू स्कुल गएर पढेर नै यो अवस्थामा आइपुगेको पनि बताएकी छन् ।

    उनले भनिन्, ‘वैशाख लागेसँगै स्कुलहरूमा भर्ना पनि लागेको छ, बालबालिकालाई भर्ना गराउन नबिर्सिनु होला है, म स्कुल गएर, पढेर, सिकेर नै जीवनमा असल बन्ने मार्गमा हिँड्न सकेकी हुँ, म आज जहाँ छु त्यो सबै पढेर र गरिखाने ज्ञान, बोली, सीप र व्यवहार सिकेर नै भएको हो, त्यसकारण हजुरहरू पनि आफ्ना बालबालिकालाई स्कुल पुर्‍याउन मद्दत गर्नुहोस्, आज भर्ना गर्ने विद्यार्थीलाई कम्तीमा १२ सम्म पढाइदिने वाचा सहित भर्ना गरौँ, मबाट हुने सहयोग गर्नेछु ।’

    सरकारले नयाँ शैक्षिक सत्रका लागि वैशाख २ गतेदेखि देशभर भर्ना अभियान सञ्चालन गर्दै आएको छ ।image-81.webp

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेश पढाइ र रोजगारीको आवरणमा बिचौलियाको खेल : करोडौँ कारोबार, नियमनकारी निकाय किन मौन?

    काठमाडौं । विदेश अध्ययन र रोजगारीका लागि नेपालबाट वर्षेनि ठूलो रकम बाहिरिँदै गर्दा त्यससँगै अनधिकृत

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend