Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

मनमैजुमा अजिमा जात्रा सुरु


१०, वैशाख २०८१
  • 273
    SHARES
  • मनमैजुमा अजिमा जात्रा सुरु

    काठमाडौँ । ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्व बोकेको तारकेश्वर नगरपालिकाको प्राचीन नेवार बस्ती मनमैजुमा आजदेखि अजिमा जात्रा सुरु भएको छ ।

    जात्राको पहिलो दिन आज तारकेश्वर महादेवको जङ्गलमा रहेको सल्लाको रुखलाई विधिपूर्वक पूजा गरी काटेर ल्याई लिङ्गोका रूपमा मन्दिर अगाडि ठड्याएर अजिमाको जात्रा सुरु गरिएको हो ।

    धर्मस्थली जात्रा सकिएलगत्तै चैत्र शुक्ल चतुर्दशीका दिन लिङ्गो ठड्याएर आज विधिवत रूपमा जात्रा सुरु गरिएको नेवाःगुठी मनमैजुका गुठीयार भक्तमान महर्जनले जानकारी दिए ।

    पाँच दिनसम्म चल्ने मनमैजु जात्रामा मनमैजु अजिमालाई खटमा विराजमान गराई टोलटोलमा लगेर स्थानीयले पूजा गर्ने चलन छ । पाँच दिनमध्ये तीन दिन खटजात्रा, एक दिन मनमैजु देवीको मन्दिरमा पूजाआजा र एक दिन भजनकीर्तन गरी मनाइने महर्जनले बताए ।

    जात्राको पाँचौँ दिन अर्थात् वैशाख १४ गते लिङ्गो ढालेर जात्रा समाप्त गरी देवीलाई विधिवत पूजा गर्ने चलन छ ।मनमैजुको जात्रा बालाजु बाइसधाराको जात्रासँग पनि अन्तर सम्बन्धित रहेको छ । बालाजुको बाइसधारामा स्नान गरेर मनमैजु देवीको दर्शन गरेमा आफूले चिताएको कुरा पुग्छ भन्ने धार्मिक जनविश्वास रहेको छ ।

    महर्जनका अनुसार फुसिंख्यःमनमैजु जात्रामा अजिमा स्वयं धामीको रूपमा प्रकट भई जात्रामा सरिक हुने परम्परा हजारौँ वर्षअघिदेखि चल्दै आइरहेको छ । अजिमा धामी हुनेले जामालगाई अजिमा द्यःको पात्र समाति पूजा थाप्दै रथ अगाडि हिँड्छन् । अजिमा द्यः (धामी) हुनेलाई अजिमाको शक्ति आफैँ जागेर आउने गरेको स्थानीय बताउँछन् ।

    मनमैजु देवीको नामबाटै यस गाउँको नाम मनमैजु रहन गएको उल्लेख रहेको पाइन्छ । उक्त जात्रा ऐतिहासिक लिच्छवी राजा गुण कामदेवको पालादेखि इन्द्रायणी देवीका रूपमा मानिएको मैजु माईको सम्झनामा सुरु गरिएको हो ।

    मनमैजु जात्राका लागि तारकेश्वर नगरपालिकाले समेत सहयोग गरेको छ । नगर प्रमुख कृष्णहरि महर्जनले जात्रा व्यवस्थापनका लागि आवश्यक पर्ने सामग्री नगरपालिकाले सहयोग गरेको बताए ।

  • नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको निधन

    काठमाण्डौ । नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको गएराति निधन भएको छ । उहाँको ९१ वर्षको

  • तीन दिनसम्म विविध कार्यक्रम गरी भानु जयन्ती मनाइने

    तनहुँ । नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती गृहजिल्लामा विविध कार्यक्रमसहित मनाइने भएको

  • समय बदलिन समय नै लाग्दैन - कल्याण गुरुङ

    हे प्रिय आत्मीयहरू, सम्बन्धहरू कहिल्यै ठूला-ठूला भाषणले टुट्दैनन्, टुट्छन् त साना अहंकार, झिनो जिद्दी र मौनताको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend