Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

केकी अधिकारीको ‘बोक्सीको घर’ ले तीन दिनमा कति कमायो ?


१७, वैशाख २०८१
  • 144
    SHARES
  • केकी अधिकारीको  ‘बोक्सीको घर’ ले तीन दिनमा कति कमायो ?

    काठमाडौं–  अभिनेत्री केकी अधिकारीको फिल्म ‘बोक्सीको घर’ सुरुवाती तीन दिनमा दर्शकबाट राम्रो साथ पाएको छ । उच्च अकुपेन्सीका साथ यो फिल्म चौथो दिनमा प्रदर्शनरत छ ।

    यस फिल्मले तीन दिनमा ३ करोडको व्यापार गरेको वितरक कम्पनी टी-फोल्कस्को दाबी छ । वितरकका अनुसार फिल्मले शुक्रबार र शनिबार दुई करोड ३० लाख ‘ग्रस कलेक्सन’ गरेको थियो ।

    त्यस्तै, आइतबार कम्तीमा ६५ करोडको व्यापारको गरेको टी-फोल्कका प्रबन्धक प्रचण्डमान श्रेष्ठले खबरहबलाई जानकारी दिए । उनले भने, ‘आइतबारको काठमाडौंको कलेक्सन आइसकेको छ । उपत्यकाबाहिरको रिपोर्ट आउन केही समय लाग्छ । सबै गरेर कम्तीमा पनि ६५ लाख उठ्ने हाम्रो अनुमान छ ।’

    सुलक्षण भारतीको लेखन र निर्देशन रहेको यस फिल्ममा केकी मुख्य भूमिकामा छन् । बालकलाकार सुपला सापकोटाको अभिनयले चर्चा पाएको छ ।

    यस फिल्मले बालविवाह र बोक्सी कुप्रथाको कथा पेस गरेको छ । सकारात्मक ‘वर्ड अफ माउथ’ का कारण आगामी दिनमा पनि यस फिल्मले दर्शकबाट राम्रो साथ पाउने देखिन्छ ।

  • नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको निधन

    काठमाण्डौ । नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको गएराति निधन भएको छ । उहाँको ९१ वर्षको

  • तीन दिनसम्म विविध कार्यक्रम गरी भानु जयन्ती मनाइने

    तनहुँ । नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती गृहजिल्लामा विविध कार्यक्रमसहित मनाइने भएको

  • समय बदलिन समय नै लाग्दैन - कल्याण गुरुङ

    हे प्रिय आत्मीयहरू, सम्बन्धहरू कहिल्यै ठूला-ठूला भाषणले टुट्दैनन्, टुट्छन् त साना अहंकार, झिनो जिद्दी र मौनताको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend