Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

‘बोक्सीको घर’ले चार दिनमा कति कमायो ?


१८, वैशाख २०८१
  • 253
    SHARES
  • ‘बोक्सीको घर’ले चार दिनमा कति कमायो ?

    काठमाडौं । गत शुक्रबारबाट प्रदर्शनमा आएको ‘बोक्सीको घर’ले बक्स अफिसमा बम्पर व्यापार गरिरहेको छ । नेपालमा आक्रामक व्यापार गरेपछि यो फिल्मको विदेशमा समेत माग बढेको छ ।

    यो व्यापारिक आँकडा वितरण कम्पनी टी-फोकले चार दिनसम्मको कमाइ सार्वजनिक गरेको हो । दर्शकबाट मिलेको बलियो ‘वर्ड अफ माउथ’ को प्रभावले फिल्मले बक्सअफिस कलेक्सनमा अनपेक्षित ‘ओपनिङ’ गर्न सफल भयो ।

    फिल्मले विशेष गरी महिलाहरूलाई हलमा आकर्षित गरेको छ । यसको प्रकाश सपुतको सिर्जना र समिक्षा अधिकारीको आवाज रहेको प्रमोशनल गीत सार्वजनिक भएसँगै थप ‘वर्ड अफ माउथ’ मिलेको थियो ।

    ‘बुझिन मैले’ बोलको गीत ब्लकबस्टर हुनुको फाइदा यो फिल्मको ओपनिङमा देखिएको छ । यस गीतलाई सामाजिक सञ्जाल जताततै देख्न र सुन्न सकिन्छ । यो गीतले बोक्सिको घरको प्रचारमा समेत ठूलो राहात दिलायो ।

    सुलक्षण भारतीको निर्देशनमा तयार भएको यो फिल्मले समाजमा व्याप्त रुढीवादी प्रथाको कथा भन्छ । बालविवाह र समाजमा रहेको बोक्सीको कुप्रथाको कथालाई देखाएको फिल्ममा केकी अधिकारी, सुलक्षण भारतीय, सुपला सापकोटा, स्वेच्छा राउत, रमा थपलिया लगायतका कलाकारको अभिनय छ ।

    यता फिल्म प्रदर्शन भएसँग फिल्ममा बाल कलाकारको भूमिकामा देखा परेकी सुपलाले त फिल्मलाई थप उचाइमा पुर्‍याइदिइन् । उनी यसमा ‘जुना’को भूमिकामा छिन् ।

    पछिल्लो समय मल्टिस्टारर फिल्म फ्लप भएको अवस्थामा बोक्सिको घरले भने बक्स अफिसमा कमाल देखाउन सफल भएको छ । दर्शकबाट राम्रो ‘वर्ड अफ माउथ’ प्राप्त भएकाले फिल्मले लामो यात्रा गर्ने देखिन्छ ।

  • नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको निधन

    काठमाण्डौ । नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको गएराति निधन भएको छ । उहाँको ९१ वर्षको

  • तीन दिनसम्म विविध कार्यक्रम गरी भानु जयन्ती मनाइने

    तनहुँ । नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती गृहजिल्लामा विविध कार्यक्रमसहित मनाइने भएको

  • समय बदलिन समय नै लाग्दैन - कल्याण गुरुङ

    हे प्रिय आत्मीयहरू, सम्बन्धहरू कहिल्यै ठूला-ठूला भाषणले टुट्दैनन्, टुट्छन् त साना अहंकार, झिनो जिद्दी र मौनताको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend