Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

यस्तो छ चलचित्र ‘पुजार सार्की’ को गीत ‘रिमै’


१८, वैशाख २०८१
  • 228
    SHARES
  • यस्तो छ चलचित्र ‘पुजार सार्की’ को गीत ‘रिमै’

    काठमाडौं – मल्टिस्टारर चलचित्र ‘पुजार सार्की’ को ‘रिमै’ बोलको गीत  सार्वजनिक भएको छ । निर्माण पक्षले मंगलबार सार्वजनिक गरेको सो गीतका दृश्यहरूले चलचित्रको थिम प्रस्तुत गर्ने जनाएको छ । 

    यस गीतमा चलचित्रका पुजारको भूमिकामा रहेका अभिनेता आर्यन सिग्देल, मैतबहादुरको भूमिकामा रहेका अभिनेता प्रदीप खड्का र मेघराज खत्रीको भूमिकामा रहेका पल शाह र अभिनेत्री अञ्जना बराइली र परीक्षा लिम्बूले प्रमुख स्थानमा पाएका छन् । 

    अभिनेत्रीहरू बराइली र लिम्बूलाई ग्रामीण परिवेशका युवतीहरूको भूमिकामा प्रस्तुत गरिएको छ।

    गीतमा दिनेश राउतको शब्द र सुवास भुसालको सङ्गीत रहेको छ भने देवेन्द्र बराल र मुना ठटालको स्वर रहेको छ।

    यस चलचित्रमा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि अभिनय रहेको छ।

    दिनेश राउतको निर्देशन रहेको याे चलचित्र वैशाख १० बाट प्रदर्शनमा आउँदै छ । किङ्गडम नेटवर्कको ब्यानरमा बनेको यस चलचित्रको निर्माता सुवास भुसाल हुन् ।

  • नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको निधन

    काठमाण्डौ । नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको गएराति निधन भएको छ । उहाँको ९१ वर्षको

  • तीन दिनसम्म विविध कार्यक्रम गरी भानु जयन्ती मनाइने

    तनहुँ । नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती गृहजिल्लामा विविध कार्यक्रमसहित मनाइने भएको

  • समय बदलिन समय नै लाग्दैन - कल्याण गुरुङ

    हे प्रिय आत्मीयहरू, सम्बन्धहरू कहिल्यै ठूला-ठूला भाषणले टुट्दैनन्, टुट्छन् त साना अहंकार, झिनो जिद्दी र मौनताको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend