Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सरस्वती माध्यमिक विद्यालयमा बृत्ति—मार्ग निर्देशन कार्यक्रम शुरु


७, असार २०८०
  • 113
    SHARES
  • सरस्वती माध्यमिक विद्यालयमा बृत्ति—मार्ग निर्देशन कार्यक्रम शुरु

    दाङ । दाङको घोराही उपमहानगरपालिका वडा नं १५ भरतपुर काठेकोहलमा रहेको सरस्वती माध्यमिक विद्यालयमा वृत्ति–मार्ग निर्देशन कार्यक्रम शुरु भएको छ । घोराही उपमहानगरपालिकाको आयोजना एंव दिगो तथा सम्मानित रोजगारीको लागि सीप परियोजनाको सहयोगमा माध्यमिक तहको पढाईको शुरुमै कक्षा ९ मा पढ्ने विद्यार्थीहरुलाई आफूले जीवनमा गर्ने काम बारे बिस्तृत योजना बनाउन सहयोग गर्ने उद्देश्यले विहिवार देखी वृत्ति–मार्गनिर्देशन कार्यक्रम शुरु गरिएको विद्यालयका प्रधानाध्यापक बसन्ता पौडेलले जानकारी दिए ।

    कार्यक्रम कार्यान्वयनका लागि छनौट गरिएका वृत्ति मार्ग निर्देशक शिक्षक मार्फत कक्षा ९ मा ६ दिने र ती विद्यार्थीहरु १० कक्षामा पुग्दा थप एक दिनको तालिम दिने व्यवस्था गरिएको छ । सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक बसन्ता पौडेलको सभापतित्व एंव दिगो तथा सम्मानित रोजगारीको लागि सीप परियोजनाका ज्ञानु चौधरीको प्रमुख आतिथ्यतमा भएको तािलम उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि चौधरीले आफ्नो वृत्तिप्रति सचेत नहुँदा विद्यार्थीहरुमा थुप्रै समस्या आएपछि विद्यार्थीहरुमा वृत्तिबारे र आफुलाई उचित हुने वृत्ति पत्ता लगाई सोही बाटोमा अगाडी बढाउने उद्देश्यले बृत्ति मार्ग निर्देशन कार्यक्रम कार्यान्वयन गरिएको बताए । 

    वृत्ति मार्गनिर्देशन कार्यक्रममा कक्षा ९ र १० मा पढ्ने विद्यार्थीहरुलाई विद्यार्थीहरुको क्षमताको पहिचान, रुचि र खुबी अनुसारको बृत्ति छनौट, बृत्ति र जागिरबारे बिस्तृत जानकारी, नेपालको शिक्षा प्रणाली, आफ्नो बृत्ति निर्माण तथा त्यसको कार्यान्वयनका बारेमा जानकारी दिइने विद्यालयले जनाएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी कार्यान्वयनमा ल्याएको बृत्ति मार्ग निर्देशन कार्यक्रमबाट विद्यार्थीहरुले आफ्नो लागि सही वृत्ति छान्ने गरेको,बृत्ति–विकासबारे स्पष्ट दृष्टिकोण बनाउने गरेको, आफुले छनौट गरेको वृत्तिपथमा अगाडि बढ्न आवश्यक सीपको बारेमा सचेत हुने गरेको र वृत्ति–विकासको लागि जीवनमा आउने अवसरहरूको प्रयोग गर्न सक्ने पाइएको जनाइएको छ ।

    तालिमको प्रशिक्षकहरुमा वृत्ति मार्ग निर्देशक शिक्षकद्धय हेमराज शर्मा र माधव पौडेल छन् । कक्षा ९ मा पढ्ने विद्यार्थीहरुलाई दुइ वटा समूहमा बिभाजन गरी तालिम दिन शुरु गरिएको विद्यालयले जनाएको छ । तालिममा ४० जना विद्यार्थीहरुको सहभागिता रहेको छ ।  

    CGT (3).jpg

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेश पढाइ र रोजगारीको आवरणमा बिचौलियाको खेल : करोडौँ कारोबार, नियमनकारी निकाय किन मौन?

    काठमाडौं । विदेश अध्ययन र रोजगारीका लागि नेपालबाट वर्षेनि ठूलो रकम बाहिरिँदै गर्दा त्यससँगै अनधिकृत

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend