Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

महाजात्राले मनायो ५१ दिन


३०, वैशाख २०८१
  • 128
    SHARES
  • महाजात्राले मनायो ५१ दिन

    काठमाडौँ । चैत ९ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘महाजात्रा’ ले शनिबार ५१ औँ दिन मनाएको छ ।

    ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले सिरिजकै रूपमा निर्माण गरेको चलचित्रले अघिल्ला झैँ यस पटक पनि ५१ औँ दिनको यात्रा पार गरेको हो ।

    चलचित्रले काठमाडौँ उपत्यकाका क्युएफएक्स, आइएनआई सिनेमाज, एफक्युब सिनेमाज, वान सिनेमाज, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, सिके सिनेमाज, विग मुभिज र मोफसलमा नेपालगन्जमा रहेको सिनेरोयलमा ५१ औँ दिनको यात्रा पार गरेको हो ।

    चलचित्रको यो सफलताले अझै दायित्व बोध बनाएको निर्माता म्याक्स दिपेश खत्रीले बताउनुभयो । उहाँले आगामी दिनमा दर्शकको भरोसालाई बढाउने र विश्वास टुट्न नदिने गरी काम गर्ने दृढता व्यक्त गर्नुभयो ।

    प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्रमा हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्र सिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, दिव्य देव, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, शिशिर बाङ्देललगायतको अभिनय रहेको छ ।

    म्याक्स दिपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रूपमा चलचित्रलाई निर्माण गर्नुभएको हो ।  

  • नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको निधन

    काठमाण्डौ । नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको गएराति निधन भएको छ । उहाँको ९१ वर्षको

  • तीन दिनसम्म विविध कार्यक्रम गरी भानु जयन्ती मनाइने

    तनहुँ । नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती गृहजिल्लामा विविध कार्यक्रमसहित मनाइने भएको

  • समय बदलिन समय नै लाग्दैन - कल्याण गुरुङ

    हे प्रिय आत्मीयहरू, सम्बन्धहरू कहिल्यै ठूला-ठूला भाषणले टुट्दैनन्, टुट्छन् त साना अहंकार, झिनो जिद्दी र मौनताको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend