Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

लुम्बिनीको संरक्षण र विकासका लागि १२ बुँदे योजना प्रस्ताव


१, जेठ २०८१
  • 249
    SHARES
  • लुम्बिनीको संरक्षण र विकासका लागि १२ बुँदे योजना प्रस्ताव

    लुम्बिनी- लुम्बिनी विकास कोष र लुम्बिनी बचाउ महाअभियानको संयुक्त अध्ययन समितिले लुम्बिनीको संरक्षण तथा विकासका लागि एक अध्ययन प्रतिवेदन प्रस्ताव गरेको छ।

    लुम्बिनी विकास कोषद्वारा वैशाख ६ गते गठित सो अध्ययन समितिले लुम्बिनी गुरुयोजना क्षेत्रभित्र भएका अनियमित क्रियाकलापलाई व्यवस्थित गर्ने गरी तत्काल कार्यान्वयन गर्न १२ बुँदे योजना कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराईलाई बुझाएको हो

    लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरामुद्दिन खाँनले लुम्बिनीको पवित्रता र सम्पदास्थलको संरक्षण गर्नुपर्नेमा जोड दिए। प्रतिवेदनमा विश्व सम्पदा सूचीमा सूचीकृत मायादेवी मन्दिरलाई अनधिकृत फेरबदल वा पुनर्निर्माणबाट जोगाउनुपर्नेमा जोड दिइएको उनले बताए।

    यसबाहेक, समितिले धार्मिकस्थलमा आध्यात्मिक अभ्यासहरू प्रवद्र्धन गर्न नियमित पूजा उपासनाको कार्यक्रमहरू प्रस्ताव गरेको समितिका अर्का सदस्य मेघनाथ आचार्यले बताए।

    ‘यसले लुम्बिनीमा धार्मिक तथा आध्यात्मिक वातावरण कायम राख्न कार्यविधि बनाई लागू गर्नुपर्नेमा जोड दिएको छ,’ उनले भने, ‘समितिले उत्खननका समय मन्दिर परिसरभित्र रहेका बहुमूल्य धार्मिक तथा सांस्कृतिक कलाकृतिहरूको खोज तथा संरक्षण गर्न आग्रह गरेको छ।’

    संवत् २०६२ को रिट नं २४५४ उत्प्रेषणयुक्त प्रतिशोध परमादेश मुद्दामा भएको सर्वोच्च अदालतको आदेशबमोजिम मायादेवी मन्दिर प्रवेश शुल्क हटाउने गरी आम्दानीका वैकल्पिक उपाय खोज्न बुँदा नं ६ मार्फत समितिले सुझाव दिएको छ।

    त्यसैगरी, लुम्बिनी गुरुयोजना क्षेत्रभित्र पञ्चशीलका सिद्धान्तलाई कडाइका साथ कार्यान्वयन गर्न पनि लुम्बिनी विकास कोषको कार्यकारिणी समितिलाई सिफारिस गरेको छ।

    ध्वनि प्रदूषण न्यूनीकरणका लागि समितिले गुरुयोजना क्षेत्रभित्र ठूला सवारी साधन सञ्चालनमा रोक लगाउने र ठूला सवारी साधनलाई वैकल्पिक मार्गबाट सञ्चालन गर्ने प्रस्ताव गरेको छ। यसले स्थानीय लुम्बिनी सांस्कृतिक नगरपालिकालाई आम्दानीको १० प्रतिशत रकम सामुदायिक विकासका लागि विनियोजन गर्न सिफारिस गरेको छ।

    लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराईले बुद्धजन्मस्थल लुम्बिनीको संरक्षण तथा प्रवद्र्धनका लागि अध्ययन समितिले बुझाएको प्रतिवेदनको आधारमा लुम्बिनीको दिगो विकास र व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरे।

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend