Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

पुजार सार्कीको तेस्रो गीत ‘जाउ माया’ सार्वजनिक


१, जेठ २०८१
  • 153
    SHARES
  • पुजार सार्कीको तेस्रो गीत ‘जाउ माया’ सार्वजनिक

    काठमाडौं – जेठ १० बाट प्रदर्शनमा आउने ‘मल्टिस्टारर’ फिल्म पुजार सार्कीको तेस्रो गीत ‘जाउ माया’ सार्वजनिक भएको छ । निर्माण पक्षले मंगलबार गीत सार्वजनिक गरेको हो । 

    गीतका दृश्यहरूमा पुजारको भूमिकामा रहेका अभिनेता आर्यन सिग्देल र अभिनेत्री अञ्जना बराइलीको प्रेम प्राप्तिमा देखिएका पीडालाई देखाइएको छ । 

    मैतबहादुरको भूमिकामा रहेका अभिनेता प्रदीप खड्का र अभिनेत्री परीक्षा लिम्बूको प्रेम प्राप्तिको सकसलाई पनि स्थान दिइएको छ । 

    गीतका दृश्यबाट अन्तरजातीय प्रेमबाट उब्जिएका सामाजिक र पारिवारिक समस्याहरूलाई प्रस्ट पार्न खोजिएको छ।

    यस गीतमा बी पाण्डेले शब्द रहेको छ भने केतन क्षेत्रीको स्वर रहेको छ । गीतमा फिल्मका निर्माता तथा संगीतकार सुवास भुसालको संगीत भरेका हुन् ।

    दिनेश राउतको निर्देशन रहेको यस फिल्म विकास सुबेदीले लेखेका हुन् । उनीहरूले यसअघि फिल्म ‘प्रकाश’मा सहकार्य गरेका थिए । 

  • नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको निधन

    काठमाण्डौ । नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको गएराति निधन भएको छ । उहाँको ९१ वर्षको

  • तीन दिनसम्म विविध कार्यक्रम गरी भानु जयन्ती मनाइने

    तनहुँ । नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती गृहजिल्लामा विविध कार्यक्रमसहित मनाइने भएको

  • समय बदलिन समय नै लाग्दैन - कल्याण गुरुङ

    हे प्रिय आत्मीयहरू, सम्बन्धहरू कहिल्यै ठूला-ठूला भाषणले टुट्दैनन्, टुट्छन् त साना अहंकार, झिनो जिद्दी र मौनताको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend