Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

तीन हप्तामा ‘बोक्सीको घर’ले कति गर्‍यो ग्रसकलेक्सन ?


५, जेठ २०८१
  • 198
    SHARES
  • तीन हप्तामा ‘बोक्सीको घर’ले कति गर्‍यो ग्रसकलेक्सन ?

    काठमाडौं । चलचित्र ‘बोक्सीको घर’ले तीन हप्तामा १० करोड ग्रसकलेक्सन गरेको छ । वैशाख १४ गतेबाट रिलिज भएको चलचित्रले तीन हप्तामा १० करोड ग्रस कलेक्सन गरेको हो । 

    “तीन हप्ता एक दिनमा बोक्सीको घरले १० करोड रुपैयाँ ग्रस कलेक्सन गरेको छ,” वितरक प्रचण्डमान श्रेष्ठले  भने, “गत शुक्रबारसम्मको ग्रसकलेक्सन १० करोड रहेको छ ।” अहिले पनि यो चलचित्र उच्च अकुपेन्सीसहित प्रदर्शनरत छ । 

    सुलक्षण भारतीको लेखन तथा निर्देशनमा बनेको चलचित्रमा केकीसँगै सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ ।

    केकी अधिकारी फिल्मसको प्रस्तुतिमा निर्माण भएको सिनेमामा निर्माताका रूपमा केकीका बुवा बद्री अधिकारी रहेका छन् । राज घिमिरे कार्यकारी निर्माता हुन् ।

    “यो सिनेमा नयाँ मेकरका लागि इन्करेजमेन्ट पनि हो । मिहिनेत गरेर आफ्नै विषयमा राम्रो सिनेमा बनायो भने हुनेरहेछ भन्ने सन्देश यो सिनेमाले दिएको छ,” निर्देशक समेत रहेका प्रचण्डमानले भने, “विषयप्रधान सिनेमाले पनि राम्रो ब्यापार गर्छ भन्ने यो उदाहरण पनि हो ।

    तर यसो भन्दैमा जस्तोसुकै सिनेमा बनायो भने त्यो चल्दैन भन्ने पनि हेक्का हुनुपर्छ ।” 

  • नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको निधन

    काठमाण्डौ । नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको गएराति निधन भएको छ । उहाँको ९१ वर्षको

  • तीन दिनसम्म विविध कार्यक्रम गरी भानु जयन्ती मनाइने

    तनहुँ । नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती गृहजिल्लामा विविध कार्यक्रमसहित मनाइने भएको

  • समय बदलिन समय नै लाग्दैन - कल्याण गुरुङ

    हे प्रिय आत्मीयहरू, सम्बन्धहरू कहिल्यै ठूला-ठूला भाषणले टुट्दैनन्, टुट्छन् त साना अहंकार, झिनो जिद्दी र मौनताको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend