Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

नेपाल डे परेड २०२४ को अवसरमा भुम्या नाच प्रस्तुत


नेपाल डे परेड २०२४ को अवसरमा भुम्या नाच प्रस्तुत

रोल्पा । विश्वको सम्पन्नशाली मानिने राष्ट्र अमेरिकामा रोल्पा रुकुममा मनाइने भुम्या नाच प्रस्तुत गरिएको छ । नेपाल डे परेड २०२४ को अवसरमा अमेरिकाको बेस्ट शहर अर्थात विश्वलाई ध्यानाकृष्ट गर्ने म्यान्ह्याटन शहरमा रोल्पा रुकुममा मनाइने भुम्या नाच प्रस्तुत गरिएको हो ।

नेपाल डे परेडलाई शोभा बढाउन अमेरिकास्थित एउटा मात्र रोल्पालीहरुलाई गोलवद्द गर्ने वैधानिक सङ्गठन रोल्पा अमेरिका समाज ले जुन २०२३, झै यो बर्ष पनि म्यान्ह्याटन शहर अमेरिकामा भब्यताका साथ रोल्पा रुकुममा अति लोकप्रिय भुम्या नाच, जो आफ्नो छुट्टै पहिचान र इतिहास बोकेको मौलिक कला, संस्कृति भेषभुषा आदि झल्काउने नाच हर्ष उल्लासका साथ प्रस्तुत गरि हामी रोल्पालीहरु पनि अमेरिकामा आफ्नो समाज र जिल्ला लाई चिनाउन सफल रहेको अनुभुति रोल्पा अमेरिका समाजका अध्यक्ष टीका बहादुर थापाले व्यक्त गरेका छन ।

हामीले प्रस्तुत गरेको उक्त नाचमार्फत आफ्नो मौलिक कला,संस्कृति र भेषभुषा आदिको को संरक्षण र रोल्पा जिल्लामा पर्यटन प्रवर्द्धन को उद्देश्य र विकासमा गति लिन टेवा पुग्ने अपेक्षा आफूले लिएको थापाले बताएका छन । रोल्पा रुकुमको मात्र नभइ नेपालको ७७ जिल्लाकै आ-आफ्नो मौलिक कला,संस्कृति,भेषभुषा र पर्यटकीय क्षेत्रलाई विश्वमा प्रचार-प्रसार गर्न कार्यक्रमले महत्त्वपूर्ण भुमिका खेल्ने विश्वास लिएका छन ।

समाजले कार्यक्रमको ब्यानरमा रोल्पाको धार्मिक तथा पर्यटकीय स्थल जलजला, ऐतिहासिक ठाउँ थबाङ, जिल्ला सदरमुकाम लिबाङ र सुनछहरी झरना (अरु पछि थप्दै जाने गरि) फोटो समेत समावेश गरिएको र जसले गर्दा विश्व माझ रोल्पा र रोल्पाली चिनाउने साथै जिल्लामा पर्यटकीय क्षेत्रको संरक्षण र प्रचार-प्रसार हुनेगरि समाजले समावेश गरेको बताएका छन ।

अमेरिकाको बेस्ट शहर म्यन्ह्यट्टन शहरमा सम्पन्न भएको उक्त कार्यक्रममा आफ्नो अनुकुलतानुसार थुप्रै रोल्पाली महानुभावहरुको सहभागिता थियो । थापा थप्छन,धेरै मानिसहरूले हाम्रो नाचको अवलोकन गर्नुभयो, रमाइलो र आनन्दित शैलीमा उहाँहरुबाट राम्रा प्रतिक्रिया पाइयो ।

१ अमेरिकामा पनि बजाइयो नेपाली बाजा :

सोमबार अमेरिकामा भएको भुम्या नाचमा नेपालको बाजा प्रयोग गरिएको देख्न सकिन्थ्यो । नेपालमा प्रयोग हुने मौलिक बाजा दमाह,ट्याम्की र छिल्लर प्रयोग गरिएको थियो । त्यस्तै भुम्या नाच्ने पुरुषहरुले पनि आफ्नै मौलिक भेषभुषा घरबुना धरो,मखमलकै कालो घलेक, भादगाउले कालो टोपि आदि प्रयोग गरेको देखिएको थियो ।

महिलाहरु कालो चोलीमा,रातो थोप्ला भएको कालो गुनियोलाई पटुकीले कसेर लगाएपछि बाहिरबाट मखमलको रातो घलेक अनि पछ्यौराका साथै गहना लगाएर चिटिक्क परेका महिला तथा कालो चोलीमै कालो धर्का हालेको घरबुना धरोलाई पटुकीले कसेर लगाई मखमलकै कालो घलेक लगाएर सजिएका पुरुष दमाह,ट्याम्की,छिल्लर र सहनाईको तालमा लहरै नाच्ने नाच हो भूमे नाच।

२ निष्कर्ष :

आफ्नो देशमा रहँदा मात्र मौलिक कला,संस्कृति,भेषभुषालाई चासो दिने र अरु देशमा हुँदा बेवास्ता गर्नुहुँदैन भन्ने सन्देश रोल्पा रुकुमको भुम्या नाचले अमेरिकाबाट दिएको छ । विश्वको जुनसुकै ठाउँमा भएपनि आफ्नो कला,संस्कृति र भेषभुषाको संरक्षण गर्नु तपाईं हाम्रो सबैको दायित्व रहेको रोल्पा अमेरिका समाजको अपेक्षा रहेको छ ।

441176666_805274734881563_7342154311777948334_n.jpg445622359_1406593676693118_3122865820882294566_n.jpg436242495_981128619813475_7330207502026899907_n.jpg

  • नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको निधन

    काठमाण्डौ । नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको गएराति निधन भएको छ । उहाँको ९१ वर्षको

  • तीन दिनसम्म विविध कार्यक्रम गरी भानु जयन्ती मनाइने

    तनहुँ । नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती गृहजिल्लामा विविध कार्यक्रमसहित मनाइने भएको

  • समय बदलिन समय नै लाग्दैन - कल्याण गुरुङ

    हे प्रिय आत्मीयहरू, सम्बन्धहरू कहिल्यै ठूला-ठूला भाषणले टुट्दैनन्, टुट्छन् त साना अहंकार, झिनो जिद्दी र मौनताको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend