Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

'लण्डन टु पेरिस'को ट्रेलर सार्वजनिक


१३, जेठ २०८१
  • 216
    SHARES
  • 'लण्डन टु पेरिस'को ट्रेलर सार्वजनिक

    चलचित्र 'लण्डन टु पेरिस'को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रको ट्रेलर मा डेव्यु अभिनेता निश्चल, अभिनेत्री साम्राज्ञी र गरिमा बिच को त्रिकोणात्मक प्रेमलाई देखाइएको छ । 

    घनश्याम लामिछाने निर्देशित 'लण्डन टु पेरिस'मा ट्राभल लभ स्टोरीको कथा प्रस्तुत गरिएको छ । चलचित्रको कथा, पटकथा र संवाद प्रदीप भारद्वाजले लेखेका हुन् ।

    चलचित्रमा साम्राज्ञी, निश्चल र गरिमाका अलवा कबिर खड्का, रुष्मा थापा, मनिश श्रेष्ठ तथा मनिष गान्धीको प्रमुख अभिनय रहेको छ । निश्चल र गरिमाले यही चलचित्रबाट डेब्यू गरेका हुन् । 

    चलचित्रमा अभेद परवको डिओपी, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरको सङ्गीत, सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको पार्श्व सङ्गीत, लंगनेस फर्नान्डेजको कोरियोग्राफी, साहिल खानको ट्रेलर, विजय बस्यालको पोस्टर डिजाइन, मुख्य सहायक निर्देशकमा फिरोज खड्का रहेका छन् ।

    रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले चलचित्रलाई नेपालभर वितरण गर्नेछन् । चलचित्र जेष्ठ २५ गतेबाट रिलिज हुँदै छ । 

  • नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको निधन

    काठमाण्डौ । नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको गएराति निधन भएको छ । उहाँको ९१ वर्षको

  • तीन दिनसम्म विविध कार्यक्रम गरी भानु जयन्ती मनाइने

    तनहुँ । नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती गृहजिल्लामा विविध कार्यक्रमसहित मनाइने भएको

  • समय बदलिन समय नै लाग्दैन - कल्याण गुरुङ

    हे प्रिय आत्मीयहरू, सम्बन्धहरू कहिल्यै ठूला-ठूला भाषणले टुट्दैनन्, टुट्छन् त साना अहंकार, झिनो जिद्दी र मौनताको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend