Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

भाजपा सांसद कंगना रनौतलाई चण्डीगढ विमानस्थलमा थप्पड


२४, जेठ २०८१
  • 264
    SHARES
  • भाजपा सांसद कंगना रनौतलाई चण्डीगढ विमानस्थलमा थप्पड

    नयाँ दिल्ली- हिमाचल प्रदेशको मन्डी सिटबाट लोकसभामा विजयी बलिउड अभिनेत्री कंगना रनौतलाई चण्डीगढ विमानस्थलमा थप्पड हानिएको छ ।

    केन्द्रीय औद्योगिक सुरक्षा बल (सीआईएसएफ) एकजना महिला जवानले उनलाई बिहीबार विमानस्थलमै थप्पड हानेकी हुन् । यस मामिलालाई लिएर कंगनाले प्रहरीमा निवेदन दिएकी छन् ।

    सीआईएसएफकी महिला जवानले कंगनाद्वारा किसान आन्दोलनमा महिलाबारे एक विवादित वक्तव्य दिएको भन्दै थप्पड हानेकी हुन् । कंगनाको यही भनाइलाई लिएर आक्रोशित ती महिला जवान कुलविन्दर कौरले थप्पड हानेकी हुन् । कुलविन्दरलाई अहिले हिरासतमा लिइएको छ ।

    यो घटना बिहीबा दिउँसो ३ बजेर ३० मिनेटमा भएको हो । कंगना चन्डीगढबाट दिल्ली जान तयार थिइन् । सुरक्षा जाँचका क्रममा सीआईएसएफकी महिला जवान कुलविन्दर कौरले त्यही क्रममा थप्पड हानिन् ।

    त्यसपछि कंगनासँगै रहेका मयङ्क मधुरले कुलविन्दर कौरलाई थप्पड हान्ने कोसि गरे । यस घटनालाई लिएर कंगनाको तर्फबाट प्रहरीमा जाहेरी दिइएको छ । थप्पड खाएपछि कंगना दिल्ली गइसकेकी छन् ।

    कंगना रनौत आफ्नो फिल्मका साथै विवादित र तिखा टिप्पणीका लागि परिचित छिन् । बलिउडमा नेपोटिज्मको मुद्दालाई लिएर उनले कयौँ पटक बोलिसकेकी छन् ।

    एक घटनामा उनीविरुद्ध बलिउडका दिग्गज हस्ती जावेद अख्तरले मानहानीको मुद्दा पनि दर्ता गरेका थिए ।

    कंगनाले हालै भएको लोकसभा निर्वाचनमा ५ लाख ३७ हजार २२ भोटसहित विजयी भएकी हुन् । उनका प्रतिस्पर्धी विक्रमादित्य सिंहले ४ लाख ६२ हजार २६७ मत ल्याए ।

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend