Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

गठबन्धनको नेता चुनिँदै मोदी


२५, जेठ २०८१
  • 114
    SHARES
  • गठबन्धनको नेता चुनिँदै मोदी

    नयाँ दिल्ली । लोकसभा निर्वाचनपछि सरकार बनाउन बहुमत प्राप्त नेसनल डेमोक्र्याटिक एलायन्स (एनडीए)ले आज बिहान ११ बजे संसदीय दलको बैठक डाकेको छ ।

    उक्त बैठकबाट कार्यवाहक प्रधानमन्त्री नरेन्द्र मोदीलाई संसदीय दलको नेता चुन्ने अनुमान गरिएको छ । बैठकमा सहभागी हुन गठबन्धनका नेताहरू दिल्लीतर्फ लागेका जनाइएको छ ।

    मध्य प्रदेशका पूर्वमुख्यमन्त्री शिवराजसिंह चौहान र गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेल एनडीएको बैठकमा सहभागी हुन दिल्ली पुगिसकेका छन् । उक्त बैठकमा थुप्रै राज्यका मुख्यमन्त्री पनि सहभागी हुने जनाइएको छ ।

    मोदीले गएको बुधबार नै आफ्नो पदबाट राजीनामा दिइसकेका छन् । त्यसपछि राष्ट्रपतिबाट १७औँ लोकसभा भंग गरिएको थियो । नयाँ सरकार नबनुन्जेलसम्म मोदी कार्यवाहक प्रधानमन्त्री हुन् ।

    पछिल्लो निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा)ले प्रस्ट बहुमत ल्याउन सकेन । भाजपा २४० सिटमा विजयी भएको छ । एनडीए गठबन्धनले भने २९३ सिट जितेर बहुमत हासिल गरेको छ । बीबीसी हिन्दीबाट 

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend